Sunday, February 10, 2019

Valentine's special [Part 5]

लगभग एक हप्ता हुन थाल्यो, कुराकानीको सुरसार नै भएन।
१२ सकिदा नि सिङ्गल नै हुन्छु  जस्तो लाग्यो। लभ पर्नु त कहा हो कहा थर सम्म पत्तो पाइन।
अति भएर के.एम.सीको एक जना साथीलाई रेजिनालाई चिन्छौ भनेर फेसबुकमा म्यासेज पठाए।
 "हाम्रो सेक्सनमा हैन, बी सेक्सनमा छ, किन र?" उसले रिप्लाई गर्यो।
खास्सै क्लोज नभाको हुनाले धेरै डिस्क्रिपसन दिन मन लागेन।
"मेरो साथीले सोधेको थियो र।" कुरा टार्दै सोधे-" रेजिना के.सी हो?"
"हैन रेजिना आचार्य   "
ओहो! बल्ल पो फेला पर्यो मायालुको थर।
मेरो हर्षको सिमा नागिसकेको के थियो उसले फेरि म्यासेज पठायो-" डे मा नि छन् होला, मर्ङिगको त त्यही हो।"

हे भगवान! कति परिक्षा लिन्छौ के मेरो। बल्ल बल्ल एउटा साथीलाई  हिम्मत जुटाएर सोधेको,  त्यसलाई नि  मर्ङिगको स्टुडेन्ट भएर केही थाहा रै'नछ।
यसपटक पनि मेरो प्रयास पानीमा गयो।

सोमबार हाम्रो एक पिरियड छिटो छुट्टि हुन्थ्यो। पुतलीसडक पुगेपछि के सुर चल्यो एकैछिन रोकिए। चोकमा नै बसिरहे। रिदम बागबजारबाट घरतिर लाग्यो। ऊ पर पुगेपछि म नि बागबजारतिर गए।
के.एम.सी कलेजको नजिकको होटलमा गएर एक कप चिया मगाए।
चिया अर्डर गरेर पिइसक्दा करिब १५-२० मिनट लाग्यो। के.एम.सीको छुट्टि हुने बेला थियो अब। १० मिनेट पछि घन्टि बजेको सुने।
स्टुडेन्टस्हरु बरल्लै निस्किए। म अलि अगाडि आएर बसे।
मेरा आँखाले त्यो भीडबाट रेजिनालाई स्क्यान गर्न खोजिरहेका थिए। तर मेरो प्रयास असफल भयो। त्यसपछि अन्दाजी हामी नेपाल यातायातमा भेटिने समय विचार गरेर उतै कुर्छु भन्ने मनसायले बाटो लाग्न के थालेको थिए  ठ्याक्कै,,, गोरो वर्ण, हल्का खैरो कपाल, कालो आखा, स्माइली ओठवाली मेरी रेजिनालाई  देखे। पछाडि फर्केको नि काम लाग्यो।
ऊ दिव्या र पुनम संग मत्रै थिइन। अरु अरु साथीहरु  पनि थिए।
अब त्यो हुलमा उसलाई बोलाउ पनि कसरी?
त्यसैले चोकसम्म चुपो लाएर गए।
चोकमा पुगेपछि मेरो गति सुस्तियो। फेरि पछाडि फर्किए। उसका अरू साथीहरू कोइ बाटो क्रस गरेछन् कोही राइट तिर गएछन्। लास्टमा ऊ, दिव्या र पुनम मात्र बाँकी रहे।
उनीहरू म तिरै आउन लागेको देख्दा त पेट पोल्न थाल्यो। छटपटी हुन थाल्यो। ढड्कन बेस्सरी ढड्किन थाल्यो।
यसो मुटु छामेको त छैन। लै'सकिछे नि मोरिले।

तर जे होस् आज म बोलेरै छोड्न निर्णय गरे।
 म बिस्तारै हिँडिरहेको थिए। उनीहरू नर्मल स्पीडमा। मलाई भेट्टाइ हाले। ऊ मुसुक्क हाँसी मलाई देखेर। उसको किलर स्माइल। धन्नै त्यहि फेन्ट भइन।

"सन्चै छौ?" कन्भरसेसन बढाउन सोधे। "मम् तिमी?"
"ठिकै छु।"
ला.. सकियो कुरा !
अब के सोध्नु? म अल्लमल्ल परे।
उसको साथिहरू संग बोल्न खोजे।
"तीनै जना एकै सेक्सनमा हो?"
उसको साथिले हो भनि रिप्लाई गरि।
"फिजिकल कि बायो?"
"बायो व्इथ एक्सट्रा म्याथ"
 "ए वाउ! म चाही फिजिकल ग्रुप।" उसको साथीलाई हेरेर कुरा गरे।
के गर्नु सोध्न बोल्न त उसंग मन थियो नि। नजिक हुँदा  त बोली नै फुटेन। उसका साथीहरू संग गफ गर्दै गाडी कुर्ने ठाउँ सम्म पुगे।
" तिमीहरूको नाम के हो?" मेरो प्रश्न उसको साथीलाई।
"दिव्या"
"तिम्रो?" अर्किलाई सोधे।
"पुनम"
अब चाहि को दिव्या को पुनम भनेर चिने।
जानिजानि रेजिनालाई नि सोधे-
"तिम्रो ?"
"रेजिना! अस्ति पनि भनेको थिए  त।"
"ए हो त है, बिर्सिरा,, राजिना के.सी है?" थर थाह पाउने आइडिया निकाले।
"हैन हैन! कहा केसी भनिरा'? रेजिना बच्काई हो म।"
"ओ सरी सरी, झुक्केर।"
 बाफरे कस्तो कडा थर रै'छ। फस्ट टाइम सुनेको। कहाँ बाट भेट्टाउनु।

कुरा गर्दा गर्दै नेपाल यातायात आयो। साह्रै प्याक।
"यसमा नजाऊ अर्को मा जाउला नि हस्?" मैले दिव्यातिर हेरेर भने।
दिव्याले पुनमलाई अनि पुनमले रेजिनालाई हेराहेर गरे। अनि तिनैजनाले मेरो कुरामा सहमति जनाए।
त्यो गाडीलाई हामी छोडिदिइम्।
कुरा अघि बढाउन पुनमलाई सोधे-"पुनम के रे तिमी?"
"पुनम न्यौपाने अनि तिम्रो"
बल्ल मलाई मेरो नाम सोधियो!
"एलेक्स पोख्रेल।"  रिक्वेस्ट पठाउदा नचिन्लान् र एक्सेप्ट नगर्लान् भनेर नाम थर दुईटै भने।
"वाउ राम्रो रै'छ त नेम" पुनमले भनि।
मक्ख परेर थ्याङक यु भने अनि दिव्यालाई सरनेम सोधे।
दिव्याको सरनेम बराल रै'छ।
आज केहि उपलब्धि भए जस्तो फिल भएर खुसी थिए।
हामी नर्मल कलेजको गफ गर्न थाल्यौ। तीनैजना मसंग घुलमिल भै'हाले। गफ गर्दा गर्दै अर्को गाडी आयो। खाली त थिएन तर उभिन मिल्ने। हामी चढ्यौँ । एउटा महिला सीट खाली रै'छ। पुनम त्यही बसी।
हामी तीनजना गफ गर्दै उभिरह्यौ। अलि पर पुगेपछि अर्को सीट नि खाली भयो। दिव्या त्यही  बसी।
रेजिना मसँगै उभिरहेकी थिइ, मेरो नजिक, मलाई साथ दिइ।
मलाई एकदम रमाइलो लागिराथ्यो उसंग कुरा गर्दा।
कुरैकुरामा उसले-" तिम्रो भाडा आज म तिर्छु ल।" भनी।
मैले पर्दैन भनेर टाउको हल्लाए।
अस्तिनै राखेको सर्त याद गराई अर्को दिन भाडा तिरिदिने।
म जिस्किए-" अर्को दिन पो भनेको,, आज कति हप्ता भै'सक्यो।"
उसले नमिलेर भन्ने कारण दिएर जिद्दी गरि। मैले उसको जिद्दी स्वीकारे।
सर्त अनुसार उसले मेरो भाडा तिरिदिई।

आज हामी अलि बढि क्लोज भा'का थियौ। जिन्दगीभर सधै ऊ संग यात्रा  गर्न पाम् भन्ने व्इस्  गरिरहेको थिए।
खुसी भएको केही क्षणमै "तालिमकेन्द्र झर्ने आउनुहोस् " भन्ने आवाजले फेरि निराशा बनाइदियो।
अब टिचिङ आउछ, म झर्नुपर्छ। उसंग बिछोड हुन्छ। ऊ टाढा हुन्छे मबाट।
 नभन्दै टिचिङ आइहाल्यो। मैले दिव्या, पुनम र रेजिनालाई हेरेर "ब-बाई, मेरो झर्ने टाइम भयो, भोलि भेटौला" भने।
तिनैजनाले हस् भन्ने भावमा टाउको हल्लाए।
रेजिनाले "ल राम्ररी जाउ" भनी।
उसको यो लाइनले स्याड मुडलाई ह्याप्पी बनाइहाल्यो।
ह्याप्पी हुदै घरतिर लागे।

2 comments: