Tuesday, February 12, 2019

Valentine's special [Part 6]

आज सानिमा आउनुभा'को रै'छ कलङ्कीबाट। ममी र सानिमा मेरै कुरा गर्दै हुनुन्थ्यो।
म आएपछि ममिले-"आज त ढिलो गरिस् त छोरा।" भन्नुभो।
सानिमाले थप्नुभो- "के हो बाबु, कतै बुहारीको चक्कर त हैन नि?"
सानिमाले जिस्क्याउँदा त एकैछिन अक्क न बक्क भए।
"चिया खाको सानिमा आउने बेला,, अनि साथिहरू संग  ढिलो भयो।" फेसियल एक्सप्रेसन मिलाउँदै, आदि साचो कुरा भने।
"यो त चिया भनेपछि मरिहत्ते गर्छ।" ममिले सानीमालाई भन्नुभो।
"छोरो बुहारी ल्याउने बेलामा मिठो चिया पकाउन आउन्छ नाई भनि सोधेस् है पहिले नै।" सानिमाले फेरि जिस्क्याउनु भयो। उहाँ साह्रै मजाकी हुनुहुन्थ्यो।

ममि र सानिमाले आज म:म बनाउनु भएको रै'छ। घरमा बनाएको चिकेन म:म त्यो पनि मेरो मास्टरसेफ ममि र सानिमाको हातको। के चाहियो अरू?
१० पिस्'को बन्देज थिएन आज। मिठो मानि-मानि खाए टन्नै।
ममीले "अब त बिरामी होलास् नखा"  भनेपछि छोडे।
पेट अघायो तर मन अझै अघाएन। चिया पिएपछि बल्ल आन्नद आयो।
खाजा खाइवरि रुममा गए। फोन झिके। वाईफाई अन गरे। चलेन। के भो भनि विचार गरेको त पैसा सकिएको रै'छ। ल भएन त तनाव।
मन नलागी नलागी  डाटा खोल्नु नै पर्यो।
छिटो छिटो फेसबुकको सर्च बक्समामा टाइप गरे:
Rejina Bachkain
अझै भेट्टिइन।
 हैन यसले के राखिछ हो नाम। भेट्दै भेटिन्न।
Divya Baral टाइप गरे।
मैले देखेको फेस कुनै छैन।
Punam Neupane खोज्न लागे नेट चलेन।
फोनको ब्यालेन्स सक्केर म्यासेज आइसकेछ।
हतार हतार१००को रिचार्ज किनेर ब्यालेन्स राखे। यसपटक डाटा प्याक लिएर फेसबुक खोले।
Punam Neupane सर्च गरेको, भेटाइन।
तल तिर एउटा Poonam Neupane को नाममा भएको प्रोफाइल पिक्चर मेरो लागि परिचित भयो।
थ्याङक गड, धन्न एउटी सालीलाई त भेट्टाए।
उसलाई रिक्वेस्ट पठाइहाले।
अनि उसको  फ्रेन्ड लिस्ट हेर्न खोजेको, हेर्न नमिल्ने बनाकि रै'छ।
मेरो खोजतलास जारी रह्यो। फोटोहरूमा कतै लाइक, कमन्टेमा भेटिन्छ कि भनेर सर्च गरे।
Divya Baral भनेको त टम एण्ड जेरी  पि.पि भा'की वाली रै'छ। फोटो पनि नाई।

त्यस्तै खोज्ने क्रममा पिक्चरमा एकजना गर्लले  सनसेट हेर्दै टोलाईरहेकी अनि पछाडि साइकलमा  एउटा बिरालोले उसको गतिविधि  अब्जर्ब गरेजस्तो प्रोफाइल पिक्चर भएकी  मेरी रेजिना बच्काईलाई भेटाए।
नेपालीमा नाम, आफ्नो फोटो पनि नराखेकी र फेसबुक एकाउन्ट निकै सेक्युर  भएर पहिले उसलाई नभेट्या रै'छु। तर आज फाइनल्ली मेरो खोजले पोजिटिभ मुभ लियो।
हतार हतार उसलाई फ्रेन्ड रिक्वेस्ट पठाइहाले।
दिव्यालाई नि पठाए।
अब कहिले रिक्वेस्ट एक्सेप्ट गर्ली र बोलुम्ला भन्दै कुरिरहे।
दिव्या अनलाइन नै रै'छे। उत्तिखेरै एक्सेप्ट भै'हाल्यो।
मैले-"हेलो दिव्या" भनेर म्यासेज पठाए।
दिव्याले नि हेलो भनि रिप्लाई गरि। नर्मल गफ गरे। रेजिनाको बारेमा सोध्न मन लागिराथ्यो, झ्याप्पै सोध्न नि सकिन।
कुरा मिलाएर," खै त तिम्रा साथीले मेरो रिक्वेस्ट एक्सेप्ट नै गर्दैनन्, बिर्सिसकेछन् क्या😉" भने।
ऊ- "ए हो र! अनलाइन आ'का छैनन्, त्यही भ'र होला नि"
म- "ए ए, म त नचिनेर हो'की सोचिरा😂"
ऊ-" हा हा"
म-"😊"
पुनमको नि रिक्वेस्ट एक्सेप्ट भा'को नोटिफिकेसन आइसकेछ। तर उसको किन न'आको के। म भुनभुनाए।
एकैछिन झन् मस्त गफ गरौला भन्या एक्सेप्ट नै भएन। कति सताउन सक्या होला, म दिक्क मानिरहे।
खाना खाने बेला सम्म नि ऊ अनलाइन आइन।
खाना खाए।
त्यसपछि नि फेसबुक खोलिरहे।  उसको वालमा गएर पब्लिकली हेर्न मिल्ने सबै फोटो स्टयाटस हेर्न थाले।
एउटा सारी लगाको पिक्चर रै'छ। कति राम्रो।
लभ रियाक्ट गर्नु मन लाग्यो तर अहिल्यै  रिक्वेस्ट नि एक्सेप्ट नहुदै के गर्नु भनेर  फोनमा सेभ गरे।
कुनै कुराको नोटिफिकेसन आउदा नि उसको हो कि जस्तो लाग्थ्यो। खुसी हुदै चेक गरिहाल्थे।
तर अरु केही हुन्थ्यो। फेरि निराश भै'हाल्थे।
उसको टाइमलाइनमा हेर्न मिल्ने सबै हेरेर नि भ्याए तर उसको रिक्वेस्ट एक्सेप्ट भएन।
आजको रात नि तड्पाउने भई भन्दै डाटा अफ गरेर सुत्न लागे।
सुत्न खोज्छु, निन्द्रै लाग्दैन।
फेरि डाटा अन गरे। केही फाइदा भएन। होम पेज स्क्रोल गर्दै बसे।
लगभग १० :३० बजेतिर फेरि नोटिफिकेसन आयो। फेरि  के आयो भनेको त
"रेजिना बच्काई accepted your friend request" भनेर आ'को रै'छ।
मेरो हर्षको सीमा नै रहेन। त्यो नोटिफिकेसन सक्रिनसट गरे।
त्यसपछि  म्यासेन्जरमा गइवरि हेलो भनेर म्यासेज पठाइहाले।
म्यासेज डेलिभर भयो, तर रिप्लाई आएन। रिप्लाई त के, सीन पनि भएन।
उसको माया पाउन जति तयारी त बोर्ड एक्जाममा नि गरिन होला। मायाको हरेक पटकको परिक्षामा म अड्किरहेको थिए। ए+ कहिले ल्याउन सकिन। मेरो धैर्यताको वाण टुटिसकेको थियो।
उसको रिप्लाई कुरेको १० मिनेट पछि बल्ल रिप्लाई आयो।
ऊ-"हाई"
रिसको झोकमा "कति छिटो रिप्लाई गरेकी?" भनेछु।
सीन बट नो रेस्पोन्स।
"ला! के गरिस् एलेक्स, यत्रो महिना कुरिसक्याथिस्, आज यस्तो त नभन्नुपर्ने  थ्यो नि। मैले आफैलाई गाली गरे।
ऊ मेरो म्यासेजको रिप्लाई बिना नै अफलाइन भैई।
जिस्केर भन्या जस्तो होस्, भनेर आखा झिम्मकाको😉 इमो पठाएर सुते।

No comments:

Post a Comment