Thursday, February 7, 2019

Valentine's special [Part 2]

रेजिना..आहा...
कति मिठो नाम राखिदिएका सासु ससुराले भन्नु मन थियो तर सकिन।
स्वाभाविक एन्सर दिए-"ए"।

रेजिना भन्दा उसका सेता दातका लहरहरू टल्किरहेको थिए जसरी हिमालमा हिउ टल्किन्छ।
ऊ मलाई झन् राम्री लाग्यो। पहिले भन्दा पनि धेरै।

उसले हातबाट फन्डामेन्टलस अफ केमेस्ट्रीको किताब ब्यागमा राख्न थाली। यहिबेला नेपाल यातायात आईहाल्यो। हत्तपत्त ब्याग खोल्दा उसको हातको ग्रिप छुट्टियो र किताब भुइँमा खस्यो। मैले सहयोगको भावनाले टिपिदिए। किताब ब्यागमा राखी। 
"घर पुगेर राख्नुपर्र्थ्यो नि ब्यागमा।" मैले मजाक गरे।
"हाहा।" उ हासी।
हामी दुवैजना नेपाल यातायात चढ्न लाग्यौँ।
"हैन त?" मैले फेरि बोल्न खोजे।
"अर्को सेक्सनको साथीले लग्याथ्यो गेटमा भेटेर दियो, त्यसैले।"
सरल उत्तर दिई मेरो मजाकको।

कलेज टाइम र अफिस टाइम बिदा हुने बेला नेपाल यतायत चढिनसक्नु हुन्छ।
हामी मान्छे हो कि गुन्द्रुक हो, छुट्याउन नसकिने गरि खाद्छन्।

"अलि पर पर सर्नुस्" सह-चालक कराइराथ्यो। एकजना उभिरहेको मान्छे बोल्यो-" यहाँ भन्दा पनि पर कहा सर्ने हो र?"
यो भनाभन लगभग सँधै जसो हुन्थ्यो।
हामी सकेजति भित्र पस्यौ।

नक्साल पुगेपछि मेरो नजिकैको एउटा सीट खाली भयो। मैले छिटोछिटो ब्याग राखी सीट प्याक गरे। केटो भएर बस्न मन लागेन। उसलाई बस्न दिए। अनि आफ्नो ब्याग झिके।
"मैले पकडिदिन्छु नि ब्याग" उसले प्रस्ताव राखी।
त्यो प्रस्ताव मलाई निकै प्यारो लाग्यो।
एकैपटकमा "हस्" भन्न सकिन अनि "गाह्रो हुन्छ नि तिमीलाई।"  भने।
"हुँदैन" भन्दै मेरो हातबाट ब्याग झिकी र पकडि।
उसको त्यो दयालू मनले मलाई निकै खुसी पार्यो।
"थ्याङक यू, गाह्रो भयो भने देउ ल"। मैले चिफ्लो घसे।
यसपटक केहि नबोली, सानो स्माइल दिई।

अर्को स्टेसनमा फेरि मान्छे थपिए। सह-चालकको पुरानो र फेवरेट डाइलग सुरु भयो-" पर पर ..."
म रेजिना भन्दा अलि पछाडि धकेलिए। तर पनि म खुसी नै थिए किनकि म न सहि मेरो ब्याग त छ उसको साथमा।
सह-चालकले भाडा तयार पार्नुस् भन्यो।
आज दुवैको भाडा तिर्ने मनसायले १०-१० को दुईटा नोट ठिक्क बनए।
गाडीमा हिँडिरहदा चाहिन्छ भनेर चेन्ज पैसा छुट्टाएर राख्ने गरेको थिए।
तर  मलाई भन्दा पहिला रेजिना संग भाडा मागियो।
उसले १०००को नोट दिई।
"चेन्ज छैन।"?  सह-चालक च्याट्ठियो।
"नाई" भन्दै टाउको हल्लाई ।
"चेन्ज त राख्नुपर्छ नि दिदी"। ऊ फेरि बोल्यो।
ऊ आफै अङ्कल जस्तो छ,त्यस्ती कलिली रेजिनालाई दिदी रे। म भुनभुनाए। तर ठिकै छ, दिदी भनेपछि अरु नजरले हेरेन।
उसको कुरामा रेजिना केही बोलिन।
मैले -"लिनुस् २० रूपे, उसको १०००को नोट फर्काईदिनुस्" भने।
ऊ मेरो कुरामा मञ्जुर भयो। रेजिनाले पछाडि फर्केर पुलुक्क मेरो मुख हेरी।
मैले फेसियल एक्सप्रेसनबाट, इट्स ओके टाइपको रियाक्सन दिए।
तर खै किन, नचिनेको मान्छेले पैसा तिरिदियो भनेर होला, लामो हात गराई, अघिको हजारको नोट मलाई दिइ।
यसपटक म जोडले हासे।
"ए बाबा, १० रूपेको लागि म १०००को नोट लिनु?"
"यो लिएर फर्काइदिदा हुन्छ।" उसको जबाफले झनै मुरी मुरी हसायो।
"सह-चालकसंग नभाको चेन्ज मसंग कसरी होस्।"
उ मौन रूपले मलाई हेरिरही।

सय पचासको कुरो भए त मसँग चेन्ज हुन्थ्यो, १००० भन्या अलि ठुलो रकम भयो, चेन्ज थिएन र भएको भएनि म लिन्नथे।
म सायद उसको लागि नया हुदो हु तर मेरा लागि ऊ मनको रानी भै'सकेकी थिई, बर्सौ बर्षदेखि चिनेजस्तो।
उसको मौनतालाई चिर्दै र उसको असहजपन हटाउन, भने- "अर्को दिन तिमीले तिरिदिनु मेरो, भएन?"
"ओके" भन्दै स्माइल दिएर अगाडि फर्किई। उसको स्माइल देखेर म पनि स्माइल गरिदिए।

वालुवाटार पुगेपछि उसको साइडको मान्छे ओर्लियो।
म उसंग बस्न गए। ऊ पर सरि, झ्यालतिर। मैले ब्याग मागे।
आफूलाई निकै भाग्यमानि मानिरहेको थिए।  त्यसैबेला एक जना वरृद्ध आइरहेको देखे। उसंगै बस्ने रहरलाई मारेर म उहाँलाई सीट दिनु उभिए र भने- बुबा बस्नुहोस्।
उसले फेरि ब्यागको कुरा गरि। यसपटक मैले मानिन।
ऊ तिरै फर्केर उभिरहे।

"टिचिङ  झर्ने अघि अघि आउनुस्"। सह-चालकको आबाज आयो। मन एकाएक खिन्न भयो। आज मलाई नेपाल यातायातले मेरो गन्तव्य धेरै छिटो ल्याइदिए जस्तो लाग्यो। तर के गर्नु? झर्नुपर्ने बाध्यता।
मन नलाई नलाई उसलाई बाई भने। उसले नि हात हल्लाएर रेस्पोन्स दिई। म आगाडि गए। मेरो स्टेसन आयो। म ओर्लिए।
अरु प्यासेन्जर पनि झरेपछि, गाडी हुइकियो। आँखाबाट विलिन नहुन्जेल गाडीलाई हेरिरहे अनि घरतर्फ लागे।

No comments:

Post a Comment