हरिया ती डाँडाकाँडाको बीचमा, थ्यो मेरो सहर जहा म जन्मे हुर्के र यहाँ सम्म आइपुगे।
लाग्छन् मिठा ती यादहरु जसले मेरो बाल्यकाललाई अमुल्य बनाइदिए।
मिठा मिठा ती पलहरू म बिर्सु पनि कसरी?
सम्झनामा बल्झिरहेका तिम्रा तस्वीरहरु म मेटाउ पनि कसरी?
भो! अब सम्झिन्न।
भो अब सम्झिन्न, भन्दा भन्दै पनि मन मस्तिष्कमा छाउँछ्यौ तिमी।
के खास छ तिमीमा, बुझ्न सक्दिन म।
तै पनि हरपल हरदिन यादहरूमा घुमिरहन्छ्यौ तिमी।
भन त अस्मिता। के खास छ तिमीमा? के छ तिमीमा जस्को कारणले यो राजन तिम्रै बारेमा सोचिरहन बाध्य हुन्छ?
के यो तिमीले मलाई सधार्नु प्रतिको श्रद्धा हो?
के यो एउटा अमुल्य साथी प्रतिको भावना हो?
कि कतै तिमी प्रतिको माया त हैन?
किन किन म बुझ्न सकिरहेको छैन।
ए अस्मिता! तिमी साह्रै प्यारी छौ। तिमीसँग दिनरात फेसबुक भाइवरमा कुरा नगरेपनि मनसंग सधै तिम्रै बारेमा कुरा गर्छु।
कहिले कहिले त मटु पनि दिक्क मान्छ र भन्छ-"ए राजन, त प्रेममा परिस्। जा गएर भन। "
तर मुटुलाई म मनमानि गर्न दिन्न र थर्काउछु" ए मुटु तेरो काम ब्लड पम्प गर्ने हो, त्यही गरिराख्, धेरै जान्नी हुनु पर्याछैन"
तर मुटु पनि के कम, मान्दैन मेरो कुरा! झन्झन् दुखिदिन्छ। पिडामा पिडा थपिदिन्छ अनि मलम लगाइदिन्छन् तिम्रा ती सोसल साइटका तस्वीरहरूले।
फेसबुकको सर्च बक्समामा टाइप गर्छु "अस्मिता"।
फेसबुकले मेरो मनको कुरा बुझेर फस्टमै तिम्रो नाम देखाइदिन्छ।
हतार हतार फोटोजमा तिम्रा नया पुराना सबै तस्बिर हेर्छु।
नया तस्विरले मलम लगाइदिन्छन् पुराना तस्वीरले यादहरू ताजा गराइदिन्छन्।
तिमी म्याथ सिक्न आउँदा अरु सब्जेक्ट सिकाइदिने कुरा, मलाई पढाएको व्यर्थ नलागोस् तिमीलाई भनेर खुरूखुरू पढ्ने कुरा, मेरो पढाइ सुध्रिएको कुरा, फेमिली एक्सपेक्टेसन बढेको कुरा र त्यही स्वरुप आज एम्बी.बी.बी.एस्'मा नाम निकाली पढ्न लागेको कुरा सम्झिदा लाग्छ तिमी एन्जल बनेर आयौ मेरो जिन्दगीमा।
कति सजिलै भन्छन् केटाहरू-"केटीले गर्दा मेरो पढाइ बिग्रियो।"
उनीहरूको कुरा सुनेर मनमनै भन्छु-'ए मूर्ख केटा हो! सबै केटीले गर्दा कहा पढाइ बिग्रिन्छ र? मलाई हेर्औ न! म छु त तिमीहरूकै अगाडि एउटा जलन्त उदाहरण। जसलाई तिमीहरू राजन भनेर साथी मान्छौ त्यो यसै यहा सम्म आइपुगेको थिएन। एउटा एन्जलको ठूलो हात छ उसलाई यहा सम्म पुर्याउने, जो एक नारी हो-मेरी अस्मिता!"
यस्तै कल्पनामा डुब्डा डुब्दै मेरो रूम पार्टनर आयो। उसले गीत बजाइरहेको थियो-"आहै! मिठो तिम्रो मुस्कानैमा, माया तिम्रो मुहारैमै, मन मेरो उड्यो है कहा कहा......"
अनि म पनि आफ्नो सुरबाट निस्केर अस्मितालाई मनमा राखी उसको गीतमा रमाउन थाले।
Thursday, February 14, 2019
Wednesday, February 13, 2019
Valentine's special [Part-7]
भोलिपल्ट उठ्दा ७ बजिसकेछ। उठ्नि बित्तिकै फेसबुक खोले। रेजिनाको म्यासेज आ'को रै'छ।
"सरी ल एलेक्स, हिजो नेट साह्रै डिस्टर्व थियो।"
यो मेसेज देखेपछि मन शान्त भयो।
रिप्लाई गरिहाले-"इट्स ओके डियर😊"
सेन्ड गर्नी बेलामा डियर डिलिट गरेर "इट्स ओके😊" मात्र पठाए।
म खुसी हुँदै कलेज गए। केटाहरूलाई रेजिना'वाला कुरा सब सुनाए। हिमान्सु र समिर आजसम्म केही नभनेको भनि रिसाए। रिदमले "ल यार पार्टी" भन्यो।
रिक्वेस्ट पो एक्सेप्ट भा'को पर्पोजल हो त भनि टारे।
केटाहरू पर्पोजल एक्सेप्ट भए ग्रान्ड पार्टीको माग राखे। मैले उनीहरुको कुरामा सहमति जनाए।
घर जादा हाम्रो प्रायजसो भेट हुन्थ्यो। साझ रेजिनालाई म्यासेज गर्थे। के के भन्छु भन्यो लास्टमा साथीले गर्ने जस्तै म्यासेज गर्थे।
उसले मेरो बारेमा के सोच्दिहोली?कतै मलाई नि भित्र भित्रै मनपराउछे कि जस्तो नि लाग्थ्यो। तर यो कुरा उसलाई नसोधी थाह हुन्न्थ्यो। सोध्न म सक्दिनथे। फेरि कुरा बिग्रिहाल्छ कि भन्ने डरले।
एकपटक -"रेजिना तिमी कस्तो राम्री छौ है?" भने।
के नै भन्ली र भनि रिप्लाई कुरेको त उसले -"तिमी पनि क्या ह्याण्डसम छौ।" भन्दिई। क्याजुअल एन्सर दिइकी होकि, साच्चै मन पराएर हो चै बुझिन, मक्ख चै एकदम परे। क्रस बोल्दा मात्र त कति खुसी लाग्छ, यहा मलाई त ह्याण्डसम नै बनाएकी थिई, मक्ख नपर्ने कुरै भएन।
त्यसपछि अलि बढी कुरा गर्न थाले, उसको तारिफमा।
कहिलेकाही पुनम र दिव्या संग नि बोल्थे।
हामी तीनजना एकदम राम्रो साथी बन्यौ।
दिनभर कलेज गयो, आउने बेलामा गाडीमा गफ हान्यो, साझ फेसबुकमा।
दिनचर्या राम्रै चलेको थियो।
फेरि एक्जाम आइहाल्यो। एक्जाम पछि दशै बिदा थियो। मतलब रेजिना संग अब लामो समय भेट नहुने।
फोन नम्बर पनि थिएन मसँग।
एकदिन उसलाई म्यासेज पठाए, "अब त हाम्रो भेट हुन्न होला है?"
ऊ-"ल किन नहुने?"
म-"एक्जाम पछि दशै बिदा छ त?"
ऊ-"तिमी भ्याली बाहिर जान्छौ र?"
म-" जान्न"।
ऊ-"त्यसोभए भेटुम्ला नि त, दिव्या, पुनम नि यहि हुन्छन्।"
हैन भेटुम्ला पो भन्छे। केटी त फर्वार्ड रै'छे। म त्यसै डराएर केही नभन्ने जस्तो लाग्यो। तर फेरि सोचे, राम्रो साथी नभए लाइफ पार्टनर कसरी हुन्छ? त्यसैले मलाई पहिला उसको राम्रो मन मिल्ने साथी बन्न मन लाग्यो।
एक्जाम आएपछि अलि कम कुरा हुन थाल्यो। उनीहरूको नि एक्जाम चलिरा हुन्थ्यो। टाइम लगभग १ घन्टा फरकमा। एक्जाम ताका भेट नै भएन। फेसबुकमा चाही एक्जामको बारेमा सोधिराख्थे।
एकजाम सकियो। भ्याकेसन सुरु भयो। अब हाम्रो घर जादा भेट्ने रुटिन चेन्ज भएर फेसबुकमा बोल्ने रूटिन मात्रै भयो।
घटस्थापनाको दिन साँझ कुरा गर्दा रेजिनाले-"भोलि दिव्याको बर्थ डे हो, के गिफ्ट दिने?" भनि सोधी।
मैले एकैछिन विचार गरेर" सेलिब्रेट गरौन हामी मिलेर" भने।
ऊ-"उसको घरमा नै छ सेलिब्रेसन त।"
म-"के भो त, दिउँसो तिर हामी गर्ने साझ घरमा।
दिव्यालाई एलेक्स आउदै छ भनेर नभन, यत्तिकै कामको बहानामा बोलाउ अनि सर्प्राइज दिउला।"
उसले मेरो कुरामा सहमति जनाई।
आफ्नो कुरालाई इडिट गरेर फेरि म्यासेज पठाए-
"पुनमलाई आउन भन दिव्यालाई लिएर , तिमी र म पर्पिरेसन गरुम्ला हस्?"
ऊ-"हस्।"
उसको मञ्जुरी पछि मेरो कन्फिडेन्स लेभल बढ्यो र फोन नम्बर मागिहाले।
उसले दिई र मेरो नि मागी।
ढिलै भएनि कुरा अघि बढिराथ्यो। मलाई नि राजिना राम्रो मान्छे भन्ने लागिराथ्यो। अब साथी सम्मको राम्रो हो कि, अझै बढि भन्ने जान्न बाकी रह्यो।
अर्को दिन हाम्रो प्लान अनुसार खाना खाएर म निस्किन लागे। निस्किने लगत्तै रेजिनाको फोन आयो।
"एलेक्स सुनन, म अलि लेट हुने भए।"
म-"ल किन नि।"
ऊ-"हेरन भर्खर रिलेटिभ्स आउनुभा'छ, निस्किनु अलि अप्ठेरो भो, म सकेसम्म छिटो आउछु। तिमी जादै गर न हस्?"
" न हस्, एक्लै त म नजाने" मैले निरास तालमा भने।
"सरि के, प्लीज जादै गर न, केक म्यानेज गर, अरु म आएपछि गर्ने।" उसले फकाई।
म फकिइहाले।
"ल ल छिटो आउनु, म गए" भनि फोन राखे।
३६५ दिन हुन्छ वर्षमा, ती रिलेटिभ्सलाई नि आजै आउनु पर्ने भन्दै रिसाउदै म बानेश्वर तिर लागे। झन् रेजिना संग गफ गर्दै जाने भनेको मेरो विस्'मा पानी खनियो।
बानेश्वर झरेपछि, एउटा बेकरी सपमा गएर रेडिमेट ब्लाक फरेस्ट केक अर्डर गरे"ह्याप्पी बर्थ डे बट्टे" लेख्नु भनि। दिव्यालाई उसका साथीहरू जिस्क्याएर बट्टे भन्दा रै'छन कलेजमा। म नि रमाइलो गराउन त्यसै गरे।
केक तयार भै'सकेपछि, एउटा क्याफेमा गए। रेजिनाले म आउदै छु भनेर म्यासेज पठाई। क्याफेको लोकेसन दिई उसलाई कुरिरहे। बर्थ'डे सेलिब्रेसनको अनुमति लिएर म टेबलमा गएर बसे।
लगभग आधा घन्टा पछि रेजिना आई। ह्वाइट सर्ट र ब्लाक जिन्समा कस्तो राम्री देखिएकी। म त एकैछिन हेर्या हेर्यै भए। ऊ म भए तिर आउन थाली। मुटु ढुकढुक गर्न थाल्यो। अलि अलि डर अनि धेरै खुसी लागिराथ्यो। जसो तसो फेसमा केही एक्सप्रेस नहोस् भनि ख्याल गरिरहे।
ऊ नजिकै आएर-"आइ एम सो सरि एलेक्स! धेरै बेर त कुराइ न नि?" भनि।
म स्याड भए जस्तो नाटक गरे-"दिव्या र पुनम संगै आ'को भए भै'हाल्थ्यो नि।"
"सरि सरि सरि ...बुझ न, मेरो कन्डिसन। घरमा आ'को गेस्टलाई कसरी इग्नोर गर्नु?"
धेरै पटक भनिएको सरिले म अलि बेर रिसाए जस्तो गर्न नि सकिन।
हाँस्दै भने-"हा हा, इट्स ओके।"
उसले डेकोरेसनका सामान ल्याकि रै'छ। साथमा गिफ्ट पनि।
म-"गिफ्ट कहिले किन्यौ, हेरम् न।
ऊ-"प्याक गर्या गिफ्ट नि कहा हेर्न उल्लु! हिजो किन्या नि"।
म-"हेर्न मन लाग्यो नि त मलाई।"
ऊ-"ल फोटो हेर त्यसोभए।"
उसले फोन झिकेर प्याक नभएको गिफ्ट देखाई।
एउटा बास्केटमा बसेका २टा सा-साना टेड्डि कपल रै'छन्। त्यसमा भएको ब्वाई टेड्डि म र गर्ल टेड्डि ऊ जस्तो लाग्यो।
"कस्तो छ गिफ्ट?" उसले मेरो ओपिनियन खोजी।
"तिमी जस्तै राम्रो र स्वीट " उसकै तारिफमा भन्दिए।
मुसुक्क हाँसी । उहि उसको किलर स्माइल जसमा म भुतुक्कै हुन्थे।
राजिनाले पुनमसंग दिव्यालाई लिएर आइहाल्न भनि। हामीले छिटो छिटो टेवल डेकोरेट गर्यौ। कामको बहानामै भएनि उसंग टाइम स्पेन्ड गर्न पाउदा मन निकै रमाइरहेको थियो। उसंग हुदाको पल लाग्थ्यो, समय यहि रोकियोस् र हामी सधै सधै एक अर्काको आँखा अगाडि भै'रहौ।
साँच्ची माया भन्ने कुरा कस्तो अनौठो। उसलाई हेरिराख्छु अनि उसले हेर्ने बित्तिकै नजर लुकाउँछु। रात दिन उसकै बारेमा सोचिरा हुन्छु तर ऊ अगाडि हुदा बोल्नै डराउछु। बरु ऊ नै बोल्थी म भन्दा धेरै। त्यत्रो बेर ऊ मसंग एक्लै हुँदा नि कन्फेसन गर्न सकिन।
लगभग साढे एक बजे तिर पुनम र दिव्या आए। दिव्यालाई देख्ने बित्तिकै हामी ह्याप्पी बर्थ'डे टु यु भन्न थाल्यौ। दिव्यालाई थाह नै रै'नछ हाम्रो प्लानको बारेमा। पुनमले "क्लासका पिकनिक जाने कुरा भा'छ भ्यालीमा भा'काहरू, त्यही बारे डिस्कस गर्न जानुपर्ने छ।" भनि ल्याकी रै'छे।
"ल! रेजिना त बिरामी भन्थी पुनमले।" दिव्या छक्क पर्दै भनि।
"यो हाम्रो प्लान हो मिस बट्टे।" भन्दै मैले उसलाई बर्थ' डे क्याप लगाइदाए।
रेजिनाले क्यान्डल ठिक पारेर बाल्दिई।
पुनमले बर्थ'डे स्प्रे छरिदिई।
हामी ह्याप्पी बर्थ'डे टु यु भन्दै विस्' गरि'रह्यौ।
केक काट्ने कार्यक्रम भयो। अनि खाजा खाउ न भनेर खाजा अर्डर गर्यौ, चिकेन ललिपप, पिज्जा, बिर्यानी र म:म।
दिव्यालाई सर्प्राइज कस्तो लाग्यो भनेर सोधे।
"टोटल्ली अन एक्सपेक्टेड , थ्याङक यु भेरि मच' उ मक्ख परी ।
हामी गफ गर्दै थियौँ।
एकैछिनमा हाम्रो अर्डर आयो।
मलाई चिकेन ललिपप एकदम मनपर्ने हुनाले त्यहि देखि सुरू गरे।
दिव्यालाई नि त्यही मन पर्ने रै'छ।
"साली भेनाको जोडि जम्ने रै'छ " मनमनै जिस्के।
हामी सबै सेयर गरेर खान थाल्यौ।
विर्यानी रेजिनाले छुदै छोइन। उसले नखाएको देखेर म नि विर्यानी खान छोडे। अनि उसलाई साथ दिदै म:म खाए।
खान सकियो, अनि निस्किने बेलामा हामी सबैले फेरि विस् गरि गिफ्ट दियौ।
अनि हामी आ-आफ्नो घर लाग्यौ।
घर पुग्ने बित्तिकै फेसबुकमा अफलाइन म्यासेज पठाए रेजिनालाई।
"कस्तो रमाइलो भयो है आज।"
२० मिनट पछि अनलाइन आई।
"मम्, साह्रै, तिमीले गर्दा कस्तो राम्रो सर्प्राइज भयो।"
हामी १ घन्टा जति च्याट गरारह्यौ।
उसले अब दिव्याकोमा जान्छु, पछि कुरा गरुम्ला भनेर अफलाइन भई।
म नि आएपछि म्यासेज गर ल भनेर अफलाइन भई टिभी हेर्न थाले।
बिदा ताका हामी निकै नै क्लोज भयौ। म उसको बारेमा धेरै जानिसकेको थिए। रूप मात्र हैन व्यवहार नि असाध्यै राम्रो थियो।
उसको मायालु स्वाभावले दिन प्रति दिन मलाई ऊ तिर खिचि रहेको थियो।
दशैको बिदा सकिएर कलेज लाग्यो अनि हाम्रो कलेजवाला रूटिन सुरू भयो।
केटाहरू रेजिनालाई भाउजु भनेर सम्बोधन गर्थे। भेटाउन माग राखेका थिए। म अफिसियल भएसी भेटाउने भन्दै कुराइराको थिए।
यस्तै गर्दै दिनचर्या बितिरहेको थियो।
दिनभर कलेज, बिदा भए पछि नेपाल यातायात साझ फेसबुक।
फोनमा हामी बोल्दैनथ्यौ। कारण म गर्न सक्दिनथे, उसले गर्दिनथी। फोन नम्बर, कन्ट्याकट्स मात्रै सिमीत भयो। दिव्याको बर्थ'डे पछि कल लगमा आउन सकेन।
एकदिन मलाई साह्रै सतायो उसको मायाले। फोन गर्छु भनि नम्बर डायल गरे, तर आफैलाई रोकेर म्यासेज बक्समा गए।
म्यासेजमा उसलाई सुरुमा देख्दा, उसको नाम पत्ता लगाउने प्रयास, फेसबुकको खोजाई, ऊ प्रतिको फिलिङस् सब लेखेर पठाए।
म्यासेज सेन्डिङ फेल भयो। लामो भएर।
त्यही म्यासेज कपि गरेर फेसबुकमा पठाए।
कति बेला ऊ अनलाइन आउछे र रिप्लाई गर्छे भन्दै कुरे।
धेरै बेरमा अनलाइन आई । मुटु ढुकढुक गर्न थल्यो।
सीन भा'को उत्तिखेरै रिप्लाई गरि"कति लामो म्यासेज पठाको के?"
"प्लीज पढ न।" विनम्रताका साथ भने।
उसको रिप्लाई कुरिरहे, कुरिरहे। रिप्लाई नै गरिने।
हेलो, कता हरायौ भन्दै ५-६ पटक फेरि म्यासेज पठाए।
बल्ल बल्ल रिप्लाई आयो।
"कति मिहिनेत गरेछौ त?"
"तिम्रो लागि।" सिम्पल जबाफ दिए।
"अनि घुमाएर भप्नै पर्थेन नि, सिधा सिधा आई लभ यु भन्या भै'हाल्थ्यो नि।"
उसको म्यासेज मैले बुझिरा' थिएन, पोजिटिभ सेन्स हो कि हैन भन्ने ।
"भन्न खोज्या बुझिहाल्यौ, रिप्लाई गर न अब" भने।
"के रिप्लाई दिन्छु जस्तो लाग्छ?" प्रश्न प्रति प्रश्न गरि।
"के दिन्छौ थाह छैन तर पोजिटिभ होप राखेको छु।"
ऊ-"हा हा, तिमीले जस्तरी भन्न त आउन्न्। "
म-"तिम्रो स्टाइलमा भन न"
ऊ-"लभ यु टु एलेक्स"
लभ यु टु एलेक्स, मतलब ऊ पनि मलाई माया गर्छे। मेरो हर्षको सीमा नै रहेन।
महिनौ'देखीको लामो प्रयासले आज कामायावी हासिल गर्यो। मेरो उजाड जिवनलाई रङ्गिन बनाइदियो। उसँगका प्रतेक मिनेट किम्ती बनाइदियो र सब्भन्दा बढी मेरो जिवनमा माया थपिदियो ।
त्यो रात निकै अबेर सम्म हामी फेसबुकमा झुन्डिरह्यौ। उसले नि म पहिले देखि नै अलि अलि मन परिरा'को कुरा सेयर गरि। म वृतान्त रुपमा सबै कुरा फेरि सुनाए।
रमाइलो रमाइलो गफ गर्दा रातको २ बजिसकेछ। अरु कुरा पछि गर्ने भनेर हामी अफलाइन भयौ।
यसरी मेरो माया सफल हुन पुग्यो। लाइफले मलाई निकै प्यारो गिफ्ट दिएको थियो-रेजिना जसलाई म कुनै अवस्थामा पनि टाढा पुर्याउन नसक्ने भा'को थिए। प्रेमिल मेरो मन यसैमा रमाइरह्यो। उसंगका बितेका हरेक पुराना पलहरू , बसका यात्राहरु, म्यासेजहरू सम्झिदै म निदाउन तिर लागे ।
Tuesday, February 12, 2019
Valentine's special [Part 6]
म आएपछि ममिले-"आज त ढिलो गरिस् त छोरा।" भन्नुभो।
सानिमाले थप्नुभो- "के हो बाबु, कतै बुहारीको चक्कर त हैन नि?"
सानिमाले जिस्क्याउँदा त एकैछिन अक्क न बक्क भए।
"चिया खाको सानिमा आउने बेला,, अनि साथिहरू संग ढिलो भयो।" फेसियल एक्सप्रेसन मिलाउँदै, आदि साचो कुरा भने।
"यो त चिया भनेपछि मरिहत्ते गर्छ।" ममिले सानीमालाई भन्नुभो।
"छोरो बुहारी ल्याउने बेलामा मिठो चिया पकाउन आउन्छ नाई भनि सोधेस् है पहिले नै।" सानिमाले फेरि जिस्क्याउनु भयो। उहाँ साह्रै मजाकी हुनुहुन्थ्यो।
ममि र सानिमाले आज म:म बनाउनु भएको रै'छ। घरमा बनाएको चिकेन म:म त्यो पनि मेरो मास्टरसेफ ममि र सानिमाको हातको। के चाहियो अरू?
१० पिस्'को बन्देज थिएन आज। मिठो मानि-मानि खाए टन्नै।
ममीले "अब त बिरामी होलास् नखा" भनेपछि छोडे।
पेट अघायो तर मन अझै अघाएन। चिया पिएपछि बल्ल आन्नद आयो।
खाजा खाइवरि रुममा गए। फोन झिके। वाईफाई अन गरे। चलेन। के भो भनि विचार गरेको त पैसा सकिएको रै'छ। ल भएन त तनाव।
मन नलागी नलागी डाटा खोल्नु नै पर्यो।
छिटो छिटो फेसबुकको सर्च बक्समामा टाइप गरे:
Rejina Bachkain
अझै भेट्टिइन।
हैन यसले के राखिछ हो नाम। भेट्दै भेटिन्न।
Divya Baral टाइप गरे।
मैले देखेको फेस कुनै छैन।
Punam Neupane खोज्न लागे नेट चलेन।
फोनको ब्यालेन्स सक्केर म्यासेज आइसकेछ।
हतार हतार१००को रिचार्ज किनेर ब्यालेन्स राखे। यसपटक डाटा प्याक लिएर फेसबुक खोले।
Punam Neupane सर्च गरेको, भेटाइन।
तल तिर एउटा Poonam Neupane को नाममा भएको प्रोफाइल पिक्चर मेरो लागि परिचित भयो।
थ्याङक गड, धन्न एउटी सालीलाई त भेट्टाए।
उसलाई रिक्वेस्ट पठाइहाले।
अनि उसको फ्रेन्ड लिस्ट हेर्न खोजेको, हेर्न नमिल्ने बनाकि रै'छ।
मेरो खोजतलास जारी रह्यो। फोटोहरूमा कतै लाइक, कमन्टेमा भेटिन्छ कि भनेर सर्च गरे।
Divya Baral भनेको त टम एण्ड जेरी पि.पि भा'की वाली रै'छ। फोटो पनि नाई।
त्यस्तै खोज्ने क्रममा पिक्चरमा एकजना गर्लले सनसेट हेर्दै टोलाईरहेकी अनि पछाडि साइकलमा एउटा बिरालोले उसको गतिविधि अब्जर्ब गरेजस्तो प्रोफाइल पिक्चर भएकी मेरी रेजिना बच्काईलाई भेटाए।
नेपालीमा नाम, आफ्नो फोटो पनि नराखेकी र फेसबुक एकाउन्ट निकै सेक्युर भएर पहिले उसलाई नभेट्या रै'छु। तर आज फाइनल्ली मेरो खोजले पोजिटिभ मुभ लियो।
हतार हतार उसलाई फ्रेन्ड रिक्वेस्ट पठाइहाले।
दिव्यालाई नि पठाए।
अब कहिले रिक्वेस्ट एक्सेप्ट गर्ली र बोलुम्ला भन्दै कुरिरहे।
दिव्या अनलाइन नै रै'छे। उत्तिखेरै एक्सेप्ट भै'हाल्यो।
मैले-"हेलो दिव्या" भनेर म्यासेज पठाए।
दिव्याले नि हेलो भनि रिप्लाई गरि। नर्मल गफ गरे। रेजिनाको बारेमा सोध्न मन लागिराथ्यो, झ्याप्पै सोध्न नि सकिन।
कुरा मिलाएर," खै त तिम्रा साथीले मेरो रिक्वेस्ट एक्सेप्ट नै गर्दैनन्, बिर्सिसकेछन् क्या😉" भने।
ऊ- "ए हो र! अनलाइन आ'का छैनन्, त्यही भ'र होला नि"
म- "ए ए, म त नचिनेर हो'की सोचिरा😂"
ऊ-" हा हा"
म-"😊"
पुनमको नि रिक्वेस्ट एक्सेप्ट भा'को नोटिफिकेसन आइसकेछ। तर उसको किन न'आको के। म भुनभुनाए।
एकैछिन झन् मस्त गफ गरौला भन्या एक्सेप्ट नै भएन। कति सताउन सक्या होला, म दिक्क मानिरहे।
खाना खाने बेला सम्म नि ऊ अनलाइन आइन।
खाना खाए।
त्यसपछि नि फेसबुक खोलिरहे। उसको वालमा गएर पब्लिकली हेर्न मिल्ने सबै फोटो स्टयाटस हेर्न थाले।
एउटा सारी लगाको पिक्चर रै'छ। कति राम्रो।
लभ रियाक्ट गर्नु मन लाग्यो तर अहिल्यै रिक्वेस्ट नि एक्सेप्ट नहुदै के गर्नु भनेर फोनमा सेभ गरे।
कुनै कुराको नोटिफिकेसन आउदा नि उसको हो कि जस्तो लाग्थ्यो। खुसी हुदै चेक गरिहाल्थे।
तर अरु केही हुन्थ्यो। फेरि निराश भै'हाल्थे।
उसको टाइमलाइनमा हेर्न मिल्ने सबै हेरेर नि भ्याए तर उसको रिक्वेस्ट एक्सेप्ट भएन।
आजको रात नि तड्पाउने भई भन्दै डाटा अफ गरेर सुत्न लागे।
सुत्न खोज्छु, निन्द्रै लाग्दैन।
फेरि डाटा अन गरे। केही फाइदा भएन। होम पेज स्क्रोल गर्दै बसे।
लगभग १० :३० बजेतिर फेरि नोटिफिकेसन आयो। फेरि के आयो भनेको त
"रेजिना बच्काई accepted your friend request" भनेर आ'को रै'छ।
मेरो हर्षको सीमा नै रहेन। त्यो नोटिफिकेसन सक्रिनसट गरे।
त्यसपछि म्यासेन्जरमा गइवरि हेलो भनेर म्यासेज पठाइहाले।
म्यासेज डेलिभर भयो, तर रिप्लाई आएन। रिप्लाई त के, सीन पनि भएन।
उसको माया पाउन जति तयारी त बोर्ड एक्जाममा नि गरिन होला। मायाको हरेक पटकको परिक्षामा म अड्किरहेको थिए। ए+ कहिले ल्याउन सकिन। मेरो धैर्यताको वाण टुटिसकेको थियो।
उसको रिप्लाई कुरेको १० मिनेट पछि बल्ल रिप्लाई आयो।
ऊ-"हाई"
रिसको झोकमा "कति छिटो रिप्लाई गरेकी?" भनेछु।
सीन बट नो रेस्पोन्स।
"ला! के गरिस् एलेक्स, यत्रो महिना कुरिसक्याथिस्, आज यस्तो त नभन्नुपर्ने थ्यो नि। मैले आफैलाई गाली गरे।
ऊ मेरो म्यासेजको रिप्लाई बिना नै अफलाइन भैई।
जिस्केर भन्या जस्तो होस्, भनेर आखा झिम्मकाको😉 इमो पठाएर सुते।
Sunday, February 10, 2019
Valentine's special [Part 5]
लगभग एक हप्ता हुन थाल्यो, कुराकानीको सुरसार नै भएन।
१२ सकिदा नि सिङ्गल नै हुन्छु जस्तो लाग्यो। लभ पर्नु त कहा हो कहा थर सम्म पत्तो पाइन।
अति भएर के.एम.सीको एक जना साथीलाई रेजिनालाई चिन्छौ भनेर फेसबुकमा म्यासेज पठाए।
"हाम्रो सेक्सनमा हैन, बी सेक्सनमा छ, किन र?" उसले रिप्लाई गर्यो।
खास्सै क्लोज नभाको हुनाले धेरै डिस्क्रिपसन दिन मन लागेन।
"मेरो साथीले सोधेको थियो र।" कुरा टार्दै सोधे-" रेजिना के.सी हो?"
"हैन रेजिना आचार्य "
ओहो! बल्ल पो फेला पर्यो मायालुको थर।
मेरो हर्षको सिमा नागिसकेको के थियो उसले फेरि म्यासेज पठायो-" डे मा नि छन् होला, मर्ङिगको त त्यही हो।"
हे भगवान! कति परिक्षा लिन्छौ के मेरो। बल्ल बल्ल एउटा साथीलाई हिम्मत जुटाएर सोधेको, त्यसलाई नि मर्ङिगको स्टुडेन्ट भएर केही थाहा रै'नछ।
यसपटक पनि मेरो प्रयास पानीमा गयो।
सोमबार हाम्रो एक पिरियड छिटो छुट्टि हुन्थ्यो। पुतलीसडक पुगेपछि के सुर चल्यो एकैछिन रोकिए। चोकमा नै बसिरहे। रिदम बागबजारबाट घरतिर लाग्यो। ऊ पर पुगेपछि म नि बागबजारतिर गए।
के.एम.सी कलेजको नजिकको होटलमा गएर एक कप चिया मगाए।
चिया अर्डर गरेर पिइसक्दा करिब १५-२० मिनट लाग्यो। के.एम.सीको छुट्टि हुने बेला थियो अब। १० मिनेट पछि घन्टि बजेको सुने।
स्टुडेन्टस्हरु बरल्लै निस्किए। म अलि अगाडि आएर बसे।
मेरा आँखाले त्यो भीडबाट रेजिनालाई स्क्यान गर्न खोजिरहेका थिए। तर मेरो प्रयास असफल भयो। त्यसपछि अन्दाजी हामी नेपाल यातायातमा भेटिने समय विचार गरेर उतै कुर्छु भन्ने मनसायले बाटो लाग्न के थालेको थिए ठ्याक्कै,,, गोरो वर्ण, हल्का खैरो कपाल, कालो आखा, स्माइली ओठवाली मेरी रेजिनालाई देखे। पछाडि फर्केको नि काम लाग्यो।
ऊ दिव्या र पुनम संग मत्रै थिइन। अरु अरु साथीहरु पनि थिए।
अब त्यो हुलमा उसलाई बोलाउ पनि कसरी?
त्यसैले चोकसम्म चुपो लाएर गए।
चोकमा पुगेपछि मेरो गति सुस्तियो। फेरि पछाडि फर्किए। उसका अरू साथीहरू कोइ बाटो क्रस गरेछन् कोही राइट तिर गएछन्। लास्टमा ऊ, दिव्या र पुनम मात्र बाँकी रहे।
उनीहरू म तिरै आउन लागेको देख्दा त पेट पोल्न थाल्यो। छटपटी हुन थाल्यो। ढड्कन बेस्सरी ढड्किन थाल्यो।
यसो मुटु छामेको त छैन। लै'सकिछे नि मोरिले।
तर जे होस् आज म बोलेरै छोड्न निर्णय गरे।
म बिस्तारै हिँडिरहेको थिए। उनीहरू नर्मल स्पीडमा। मलाई भेट्टाइ हाले। ऊ मुसुक्क हाँसी मलाई देखेर। उसको किलर स्माइल। धन्नै त्यहि फेन्ट भइन।
"सन्चै छौ?" कन्भरसेसन बढाउन सोधे। "मम् तिमी?"
"ठिकै छु।"
ला.. सकियो कुरा !
अब के सोध्नु? म अल्लमल्ल परे।
उसको साथिहरू संग बोल्न खोजे।
"तीनै जना एकै सेक्सनमा हो?"
उसको साथिले हो भनि रिप्लाई गरि।
"फिजिकल कि बायो?"
"बायो व्इथ एक्सट्रा म्याथ"
"ए वाउ! म चाही फिजिकल ग्रुप।" उसको साथीलाई हेरेर कुरा गरे।
के गर्नु सोध्न बोल्न त उसंग मन थियो नि। नजिक हुँदा त बोली नै फुटेन। उसका साथीहरू संग गफ गर्दै गाडी कुर्ने ठाउँ सम्म पुगे।
" तिमीहरूको नाम के हो?" मेरो प्रश्न उसको साथीलाई।
"दिव्या"
"तिम्रो?" अर्किलाई सोधे।
"पुनम"
अब चाहि को दिव्या को पुनम भनेर चिने।
जानिजानि रेजिनालाई नि सोधे-
"तिम्रो ?"
"रेजिना! अस्ति पनि भनेको थिए त।"
"ए हो त है, बिर्सिरा,, राजिना के.सी है?" थर थाह पाउने आइडिया निकाले।
"हैन हैन! कहा केसी भनिरा'? रेजिना बच्काई हो म।"
"ओ सरी सरी, झुक्केर।"
बाफरे कस्तो कडा थर रै'छ। फस्ट टाइम सुनेको। कहाँ बाट भेट्टाउनु।
कुरा गर्दा गर्दै नेपाल यातायात आयो। साह्रै प्याक।
"यसमा नजाऊ अर्को मा जाउला नि हस्?" मैले दिव्यातिर हेरेर भने।
दिव्याले पुनमलाई अनि पुनमले रेजिनालाई हेराहेर गरे। अनि तिनैजनाले मेरो कुरामा सहमति जनाए।
त्यो गाडीलाई हामी छोडिदिइम्।
कुरा अघि बढाउन पुनमलाई सोधे-"पुनम के रे तिमी?"
"पुनम न्यौपाने अनि तिम्रो"
बल्ल मलाई मेरो नाम सोधियो!
"एलेक्स पोख्रेल।" रिक्वेस्ट पठाउदा नचिन्लान् र एक्सेप्ट नगर्लान् भनेर नाम थर दुईटै भने।
"वाउ राम्रो रै'छ त नेम" पुनमले भनि।
मक्ख परेर थ्याङक यु भने अनि दिव्यालाई सरनेम सोधे।
दिव्याको सरनेम बराल रै'छ।
आज केहि उपलब्धि भए जस्तो फिल भएर खुसी थिए।
हामी नर्मल कलेजको गफ गर्न थाल्यौ। तीनैजना मसंग घुलमिल भै'हाले। गफ गर्दा गर्दै अर्को गाडी आयो। खाली त थिएन तर उभिन मिल्ने। हामी चढ्यौँ । एउटा महिला सीट खाली रै'छ। पुनम त्यही बसी।
हामी तीनजना गफ गर्दै उभिरह्यौ। अलि पर पुगेपछि अर्को सीट नि खाली भयो। दिव्या त्यही बसी।
रेजिना मसँगै उभिरहेकी थिइ, मेरो नजिक, मलाई साथ दिइ।
मलाई एकदम रमाइलो लागिराथ्यो उसंग कुरा गर्दा।
कुरैकुरामा उसले-" तिम्रो भाडा आज म तिर्छु ल।" भनी।
मैले पर्दैन भनेर टाउको हल्लाए।
अस्तिनै राखेको सर्त याद गराई अर्को दिन भाडा तिरिदिने।
म जिस्किए-" अर्को दिन पो भनेको,, आज कति हप्ता भै'सक्यो।"
उसले नमिलेर भन्ने कारण दिएर जिद्दी गरि। मैले उसको जिद्दी स्वीकारे।
सर्त अनुसार उसले मेरो भाडा तिरिदिई।
आज हामी अलि बढि क्लोज भा'का थियौ। जिन्दगीभर सधै ऊ संग यात्रा गर्न पाम् भन्ने व्इस् गरिरहेको थिए।
खुसी भएको केही क्षणमै "तालिमकेन्द्र झर्ने आउनुहोस् " भन्ने आवाजले फेरि निराशा बनाइदियो।
अब टिचिङ आउछ, म झर्नुपर्छ। उसंग बिछोड हुन्छ। ऊ टाढा हुन्छे मबाट।
नभन्दै टिचिङ आइहाल्यो। मैले दिव्या, पुनम र रेजिनालाई हेरेर "ब-बाई, मेरो झर्ने टाइम भयो, भोलि भेटौला" भने।
तिनैजनाले हस् भन्ने भावमा टाउको हल्लाए।
रेजिनाले "ल राम्ररी जाउ" भनी।
उसको यो लाइनले स्याड मुडलाई ह्याप्पी बनाइहाल्यो।
ह्याप्पी हुदै घरतिर लागे।
Saturday, February 9, 2019
Valentine's special [Part 4]
रिदम रैछ बागबजारबाट आउदै। मेरो ग्रुपको राउडि। अग्लो, गोरो, मोटो घाटो देख्दै खाइलाग्दो ऊ २-४ जनालाई फुकेरै ढलाउला जस्तो थियो।
"छिटै आइचस् त आज"। उसले सोध्यो।
"अ यार, बाटोमा जाम नभएर।" मेरो उत्तर।
"अप्टिक्सको फाइल भ्याइस्?"
"भ्याए नि, पुष्पाको सारे सब्बै, भ्यालु र इरर मिलाएर।"
"ए दाइ मेरो नि मिलाइदेन।" उसले रिक्वेस्ट गर्यो।
सधै तेरो दाइले यसो गर्छ त्यसो गर्छ भन्दै गफ दिने ऊ आज मेरो भाइ भयो।
मलाई ऊ देखि हासो लाग्यो। तर साथी त साथी हो। जति मजाक बनाए नि मदत गर्नु नै पर्ने।
"ओके ओके दाइ छदै छ नि।" भन्दे मैले पनि पा'को बेलामा।
अनि गफ गर्दै डिल्लीबजारको उकालो तर्फ लाग्यौ हामी।
उकालो बाटो सकेर भित्र पुग्दा एलिसासंग भेट भयो।
नर्मल हेलो हाई गफ मात्र के भएको थियो रिदम सुरु भयो मलाई जिस्क्याउन।
मैले कर्के नजरले हेरिदिए। ऊ चुप लाग्यो। आज म उसको दाइ न भएको थिए, अप्टिक्सको फाइल मिलाउन। अरु बेला भएको भए एलिसा मसंग कहिले नबोल्ने गरि जिस्क्याउन सक्थ्यो फटाहाले।
११ क्लासमा एलिसा र म सँगै पर्थ्यौ इक्जाममा। क्या सिकाइदिन्थी। एक्जाममा सहयोग चाहिदा बोल्ने अरु बेला नबोल्ने हुदा सेलफिस् भइएला अनि फेरी सिकाउनै छोड्ली भनेर अरु बेलामा पनि दोस्ती बढाएको थिए। कहिले काही थ्याङक यु ट्रिट पनि दिन्थे क्यान्टिनमा खाजा खुवाएर। उसंग बढेको फ्रेन्ड्सिपलाई केटाहरूले लभको ट्याग लगाइदिए। मैले साथी मात्र हो भन्दा नि हैन, लभ नै परेको तेरो भनेर उक्साइदिए।
एलिसा देख्दा नि राम्री, एक्जाममा सधै सिकाउथी, स्वभाव राम्रै लाग्थ्यो, अलि अलि एट्ट्राकटेड चाहि थिए। तर माया नै भनेर लभ वाला फिलिङ थिएन। केटाहरूले जोस्साएको भरमा, माया गर्न सक्छु कि सक्दिन भन्ने कुरा नि क्लियर नभई गए प्रपोज गर्न।
क्यानटिनमा खाजा खान मनाएर।
क्यान्टिन गएर,चिया र पकौडा खादै गर्दा सोधे- " एलिसा तिम्रो ब्वाइफ्रेन्ड छ कि छैन?"
" अ छ नि, यहा चाहि नाई, बुटवलमा।"
मेरो पर्पोजल सिधै रिजेक्ट भएको फिल भयो।
"अनि तिम्रो गर्लफ्रेन्ड?" उसले सोधी।
"बनाउन नपाउदै रिजेक्ट गर्दी भन्न मन लाग्याथ्यो" भनिन।
"छैन" भने।
"ब्वाइफ्रेन्डलाई छोडेर किन आकि त?" मलाई जिज्ञासा लाग्यो।
"घरबाट यहा पठाएपछि के गर्नु त अनि " ऊ निराश भई जवाफ फर्काई।
जे भनि साँचो भनि। मलाई त्यति नराम्रो लागेन। खाजा खाएर क्लास पुग्दा केटाहरू मलाई नै कुरिरहेका रैछन्। मेरो प्रपोजल एक्सेप्ट भो कि रिजेक्ट भन्ने विषयमा छलफल गर्न।
"ब्वाइफ्रेन्ड रै'छ बाहिर पहिले नै, रिजेक्ट भए" मात्र के भनेको थिए केटाहरु त मेरो निधार छाम्न थाले।
आरभले "वाइ वो वाइ टेल मी वाई नट मी" गाउन थाल्यो।
समिरले "मुटुमाथि ढुङ्गा राखी हास्नुपर्याछ" गायो।
मिलनले "पीर नगर यार, जति नि भेटिन्छन्" भन्दै सम्झायो।
हिमान्सुले "तलाई घरसम्म छोड्दिम् क्या आज" भन्यो।
केटाहरूको कुरा सुनेर लाग्यो म भन्दा बढि पीर तिनीहरूलाई परेको छ। तर सबैले नाटक गरेका थिए, मेरो मजाक बनाउनलाई।
११ क्लास सकियो, एलिसा बायो लिएर बायो सेक्सनमा गई। म, रिदम, समिर र हिमान्सु फिजिकल सेक्सनमा गयौ तर नि केटाहरु एलिसालाई देख्ने बित्तिकै मलाई जिस्क्याउन थाल्थे।
कोई कम थिएनन् एक अर्काको मजाक बनाउने काममा।
क्लासमा गएर पुष्पाको फाइल बुझाइदिए-
"थ्याङक यु सो मच पुष्पा, अरु बेलामा नि हेल्प गर ल।"
"हाहा ओके।" कति स्विटली रिप्लाई दिई। क्लासको टपर भएर नि केही घमन्ड थिएन उसमा।
पुष्पालाई फाइल दिएर आफ्नो बेन्चमा गए। समिरले फाइल बनाइसकेर आ'को रै'छ।
रिदम र हिमान्सुले नि प्राक्टिकल मिलाए मेरो र समिरको सहयोगमा।
कलेज बिदा भै'सके लगत्तै म घरतिर लागे। आज त अलि बढि बोलचाल हुन्छ कि भन्ने आशमा। पुतलीसडक क्रस गरेर बस रोक्ने स्टेसनतर्फ हिडे। आज ऊ संगसंगै उसका २टा साथीहरू नि गाडी कुरिरहेको मैले टाढै बाट देखे।
नेपाल यातायात आईहाल्यो हुइकेर, मलाई उछिन्दै। उनिहरू चढिहाले। म अलि ढिलो पुगे। भरिभराउ बसमा उनिहरूलाई खोज्न नि एकैछिन लाग्यो। तन्कि तन्कि हेर्दा केटिहरू त बसको परै पुगेछन्। आज बोल्न नमिल्ने मेसो मैले पाइहाले।
३-४ दिन यसै गरि बित्यो। कहिले गाडि नै फरक पर्ने त कहिले चढ्ने टाइमिङ नमिलेर वार पार भइने। तर पनि हरेश खाएको थिएन किनकि रेजिनालाई म एकदम धेरै मनपराउथे। एलिसासंग जे थियो एट्राक्सन मात्र थियो तर उसंग मलाई प्रेम नै थियो।
एकपटक गाडिमा हामी अलि नजिक पर्यौ। ३जना कोच्चिएर एउटा सीटमा बसेका थिए। म उभिएको।
म उनिहरूको गतिविधि नियालिरहेको थिए। उनिहरु भने मलाई ख्याल गरेनन्। अरुसंगको त मतलब भएन तर रेजिनाले एकपटक हेर्दे पनि हुन्थ्यो भनेको, मोरिले हेर्दै हेरिने।
एकैछिन त झनक्क भयो। भाडा तिर्देको १० रूपे नि मागम् कि जस्तो लाग्यो। १० रुपेको लोभ भएर हैन, उसंग बोल्न पाइहाल्छु कि भनेर। फेरि १०००को नोट निकालेर मुखमै फ्याकिदिई भने झन् बेइजेत हुन्छ भनेर चुप्प बसे।
उनीहरू गफमा व्यस्त थिए। सुस्तरी बोल्दा नसुनिने भएर होला चर्को चर्को स्वरमा बोलिरहेका थिए। बेला बेलामा रेजिनाको नाम नि निकाल्थे।
"कहिलेकाहि त सरनेमले नि बोलाओन " मैले मनमनै आश गरे।
जसरी मलाई केटाहरूले "ओए पोख्रेल" भन्दै बोलाउथे त्यसैगरि बोले पनि हुन्थ्यो भन्या, मेरो मनको कुरा कसैले सुनेनन्।
म उनिहरूको गफ कान ठाडा पारि पारि सुन्न कोसिस गरेको थिए। बुझ्न त केही बुझिन्नथ्य्ओ तर उसका साथीको नाम दिव्या र पुनम रै'छ भन्ने पत्तो चाहि पाए। को दिव्या को पुनम त्यो चाहि गेस गर्न सकिन।
दिव्या र पुनम दुबैलाई अलि बेर सम्म हेरे। दुबै एकदम राम्रा। पहिला पनि नदेखेको त हैन तर आज सालीहरू भनेर हेरे। झन् राम्रा लागे उनीहरू मलाई।
राम्रा मान्छेले त साथी नि राम्रा बनाउनदा रै'छन् जस्तो लाग्यो।
एकपटक झुक्केर रेजिनाले मलाई देखी र स्माइल दिई, मेरो फेवरेट स्माइल। मैले नि स्माइलबाट नै रेस्पोन्स दिए।
थ्याङक गड, मस्त गफबाट यस्यो त फुर्सद पाई।
ऊ मसंग केही बोल्छे, साथीहरु सँग चिनाउछे कि भनेको त केही नि गरिन त बा!
हुन त गाडीमा अलि ग्यापमै थियौ हामी। बोल्ने जस्तो कन्डिसन नै थिएन। त्यही नि मन न हो। पागल मन उसलाई देखेपछि आश लाइहाल्ने।
नर्मल स्माइल बाहेक अरु केही हुन सकेन। यत्तिकैमा मेरो स्टेसन आयो र मलाई झर्नै पर्यो।
Friday, February 8, 2019
Valentine's special [Part 3]
मस्तिष्कभरि उसको नाम अनि मुटुभरि माया राखेर म आफ्नो घरतर्फ लम्किए। हिड्दै गर्दा मेरो ओठमा मुस्कान छाइरहेको थियो । किनकि मैले प्रेमको पहिलो खुड्किला पार गरिसकेको थिए, उसको नाम थाहा पाएर। मक्ख पर्दै घर पुग्न लाग्दा कसैले "ए रेजिना! यता आऊ" भन्यो। यसपटक म झनै फुरुङ्ग भए। कारण उसको नाम। फर्केर हेरे, को भनि पत्ता लगाउन।
हाम्रो टोलको एकजना आन्टिले आफ्नो छोरीलाई बोलाउनु भा'को रै'छ। फुच्चीको नाम सजिना थियो, सुनेछु रेजिना।
ल भएन त अब।
"प्रेममा मान्छे अन्धो हुन्छ भन्ने सुनेको थिए, म त बहिरो पनि भएछु।" मनमनै भने।
" ए उल्लु बहिरो भए त केही नि सुन्थिनस् होला नि" अर्को मन बोलिहाल्यो फेरि ।
रेजिनाको बारेमा सोच्दा सोच्दै घर पुगे।
ममीले देख्नासाथ, बोलाउनु भयो-" बाबु, खाजा रोटि छ, चिया नि सेलाए होला। तताएर खा ल। म बजार जान्छु तरकारी लिन।"
"हस् ममि।"
ममी निस्किनु भयो बजारतिर तरकारी ल्याउने झोला बोकेर अनि म रुमतिर।
रुममा पुगेपछि ब्याग राखेर, बेडमा पल्टिए। एकपटक लामो सास फेरे अनि "रेजिना ........ "भनि पुकारे।
साह्रै आन्नद आयो उसको नाम लिदा। ड्रेस चेन्ज गरि फ्रेस भएर किचेन तिर लागे, हातमा फोन बोकेर।
वाईफाई अन गरे। फेसबुकको सर्च बक्समा गई टाइप गरे- Rejina।
फोनमा यति मस्त भएछु कि किचेनको ढोका बन्द भएको पत्तै पाएनछु। ढ्याम्म लाग्यो, अनुहारमा।
आह्व ह्व.....!!! भन्दै किचेनको ढोका खोलेर भित्र पसे।
फेसबुकमा रेजिना नामका त कति धेरै भेटिए। अगाडि लिस्टमा भेटिएका सबैको प्रोफाइल चेक गरे। दुनियाँभरका रेजिना भेटिए तर अफ्सोच मेरी रेजिना भेट्टिइन।
दुखी हुदै चिया तताए अनि खाजामा ममीले बनाएको आलु पराठा खान लागे। ममीको हातै साह्रै मिठो। तिल राखेको टमाटरको चट्नी संग खाएको रोटीले मेरो दुखी मनमा मलम लगाइदियो। ममीलाई थाह थियो मलाई कस्तो टेस्ट मनपर्छ भनेर। बच्चाको कति ख्याल गर्छन् आमाबाबुले। मलाई एकाएक श्रद्दा आयो उहाँहरू प्रति।
त्यसै माथि मलाई मनपर्ने खालको कडक चियाले झन् उर्जा थपिदियो। खादाखादै फेरि फेसबुकको सर्च बक्समा उसको नाम टाइप गरे। सर्च रिजल्ट अघि जस्तै आयो। फाइदा भएन केही। बल्ल बुझे नाम मात्रै काफि भएन मलाई, उसको थर पनि चाहियो।
अब मेरो खुरापाति दिमाग चल्न लाग्यो।
मनमा आउने सरनेम राखेर उसलाई खोज्न थाले।
फेस हेर्दा त बाहुन, क्षेत्री मध्ये कुनै हुनुपर्छ जस्तो लाग्याथ्यो। त्यसैले सुरु गरे
Rejina Poudel
Rejina Sharma
Rejina Karki
Rejina Dhakal
Rejina Lohoni
Rejina Timilsina
Rejina Bhandari
अह केही फाइदा भएन।
Rejinaको सट्टामा Rejeena पो राख्या छ कि भनेर त्यो पनि सर्च गरे। अरु सम्भावित सबै पोसिविलिटिज ट्राई गरे।
मेरो सबै कोसिस खेर गयो।
निराश हुँदै रूममा झरे।
रुममा गएर के.एम.सीमा मेरो कोई मिल्ने साथी छ कि भनेर सोचे। अलि अलि स्कुल पढ्दाका साथीहरु त थिए तथ खासै क्लोज नभाका। त्यहि भएर रेजिनाको बारेमा सोधिहाल्नु उचित लागेन।
केही उपाए नलागेर, म भोली बुझाउने प्राक्टिकल सार्न थाले। अप्टिक्सका सर साह्रै कडा थिए। प्राक्टिकल गडबड भयो भने, फाइलमा सिगनेचर नै नगरिदिने। बिर्सेको छ वा लेखेको छैन भने ल्याब बाटै आउट। फस्ट पिरियड नै प्राक्टिकल भएको हुनाले क्लासमा सार्न नभ्याइने अवस्था थियो।
धन्न एकजना पुष्पा भन्ने साथीले गरिसक्या रै'छ। सार्न दिई।
म फाइल खोले। कति सफा र राम्रा राइटिङ। फिगर पनि एकदम निट एण्ड क्लिन। केटीहरू साह्रै मिहिनेती हुनि।
पुष्पाको फाइलले मलाई फेरि रेजिनाको याद दिलायो।
"के रेजिना पनि यस्तै मिहिनेती होली? उसले फाइल यस्तै मेनटेन गर्दि होलि नाइ? कि अझै राम्रो बनाउछे? कतै म जस्तै अल्छी त छैने?" यस्ता विविध प्रश्न मेरो मनमा उठ्न थाले।
त्यत्तिकैमा पुतलीसडक देखि उसंगै गरेको बस यात्रा सम्झे। "के मैले जस्तैै उसले नि मलाई सम्झिहोली ? के उसलाई मेरो बारेमा जान्ने अलि अलि इच्छा जाग्यो?" फस्ट इम्प्रेसन त ठिकै भए जस्तो लाग्छ। म सोचमग्न परे।
यत्तिकैमा ममि आईपुग्नु भयो।
"बाबु खाजा खाइस्?"
"अ ममि एकदम मिठो बनाउनु भाथ्यो। मेरो ममि त मास्टरसेफ नै हो नि" मलाई ममिको तारिफ गर्न र जिस्क्याउन साह्रै रमाइलो लाग्थ्यो।
"हाहा फटाहा, के चाहिए छ भन् सिधा सिधा।" ममि हाँस्दै सोध्नुभयो।
म प्राय त्यसै गर्थे। केहि कुरा चाहिदा लपक्कै पर्थे। आमाको मन न हो, छोरोले मागेपछि पुरा गर्दिन मन लाग्ने। नचाहिने माग भए कहिलेकाहि गाली पनि खान्थे। तर चाहिने माग सबै पुरा गर्दिनुभाको थियो।
आज मलाई रेजिना चाहिएको थियो। यो मेरो जायज माग हो कि हैन मलाई नै थाहा भएन। ममीलाई भन्न नि सकिन।
ममिको हात समाते अनि भने-"ममी हजुरको यस्तै माया चाहिएको छ सधैभरि।" म किन किन भावुक भए।
ममिले मेरो टाउको सुम्सुमाउनु भयो-"के भयो तँलाई आज? कलेजमा कसैले केही भन्यो?"
मेरो मुखको एक्सप्रेसनले ममिले पढिहाल्नु भएछ।
"हैन केही भा'छैन। बरु आज के खाने साझ?" कुरो मोडे।
"चिकेन ल्याएकी छु, त्यही रोस्ट बनाइदिउला।"
"वाउ"
हाम्रो टोलको एकजना आन्टिले आफ्नो छोरीलाई बोलाउनु भा'को रै'छ। फुच्चीको नाम सजिना थियो, सुनेछु रेजिना।
ल भएन त अब।
"प्रेममा मान्छे अन्धो हुन्छ भन्ने सुनेको थिए, म त बहिरो पनि भएछु।" मनमनै भने।
" ए उल्लु बहिरो भए त केही नि सुन्थिनस् होला नि" अर्को मन बोलिहाल्यो फेरि ।
रेजिनाको बारेमा सोच्दा सोच्दै घर पुगे।
ममीले देख्नासाथ, बोलाउनु भयो-" बाबु, खाजा रोटि छ, चिया नि सेलाए होला। तताएर खा ल। म बजार जान्छु तरकारी लिन।"
"हस् ममि।"
ममी निस्किनु भयो बजारतिर तरकारी ल्याउने झोला बोकेर अनि म रुमतिर।
रुममा पुगेपछि ब्याग राखेर, बेडमा पल्टिए। एकपटक लामो सास फेरे अनि "रेजिना ........ "भनि पुकारे।
साह्रै आन्नद आयो उसको नाम लिदा। ड्रेस चेन्ज गरि फ्रेस भएर किचेन तिर लागे, हातमा फोन बोकेर।
वाईफाई अन गरे। फेसबुकको सर्च बक्समा गई टाइप गरे- Rejina।
फोनमा यति मस्त भएछु कि किचेनको ढोका बन्द भएको पत्तै पाएनछु। ढ्याम्म लाग्यो, अनुहारमा।
आह्व ह्व.....!!! भन्दै किचेनको ढोका खोलेर भित्र पसे।
फेसबुकमा रेजिना नामका त कति धेरै भेटिए। अगाडि लिस्टमा भेटिएका सबैको प्रोफाइल चेक गरे। दुनियाँभरका रेजिना भेटिए तर अफ्सोच मेरी रेजिना भेट्टिइन।
दुखी हुदै चिया तताए अनि खाजामा ममीले बनाएको आलु पराठा खान लागे। ममीको हातै साह्रै मिठो। तिल राखेको टमाटरको चट्नी संग खाएको रोटीले मेरो दुखी मनमा मलम लगाइदियो। ममीलाई थाह थियो मलाई कस्तो टेस्ट मनपर्छ भनेर। बच्चाको कति ख्याल गर्छन् आमाबाबुले। मलाई एकाएक श्रद्दा आयो उहाँहरू प्रति।
त्यसै माथि मलाई मनपर्ने खालको कडक चियाले झन् उर्जा थपिदियो। खादाखादै फेरि फेसबुकको सर्च बक्समा उसको नाम टाइप गरे। सर्च रिजल्ट अघि जस्तै आयो। फाइदा भएन केही। बल्ल बुझे नाम मात्रै काफि भएन मलाई, उसको थर पनि चाहियो।
अब मेरो खुरापाति दिमाग चल्न लाग्यो।
मनमा आउने सरनेम राखेर उसलाई खोज्न थाले।
फेस हेर्दा त बाहुन, क्षेत्री मध्ये कुनै हुनुपर्छ जस्तो लाग्याथ्यो। त्यसैले सुरु गरे
Rejina Poudel
Rejina Sharma
Rejina Karki
Rejina Dhakal
Rejina Lohoni
Rejina Timilsina
Rejina Bhandari
अह केही फाइदा भएन।
Rejinaको सट्टामा Rejeena पो राख्या छ कि भनेर त्यो पनि सर्च गरे। अरु सम्भावित सबै पोसिविलिटिज ट्राई गरे।
मेरो सबै कोसिस खेर गयो।
निराश हुँदै रूममा झरे।
रुममा गएर के.एम.सीमा मेरो कोई मिल्ने साथी छ कि भनेर सोचे। अलि अलि स्कुल पढ्दाका साथीहरु त थिए तथ खासै क्लोज नभाका। त्यहि भएर रेजिनाको बारेमा सोधिहाल्नु उचित लागेन।
केही उपाए नलागेर, म भोली बुझाउने प्राक्टिकल सार्न थाले। अप्टिक्सका सर साह्रै कडा थिए। प्राक्टिकल गडबड भयो भने, फाइलमा सिगनेचर नै नगरिदिने। बिर्सेको छ वा लेखेको छैन भने ल्याब बाटै आउट। फस्ट पिरियड नै प्राक्टिकल भएको हुनाले क्लासमा सार्न नभ्याइने अवस्था थियो।
धन्न एकजना पुष्पा भन्ने साथीले गरिसक्या रै'छ। सार्न दिई।
म फाइल खोले। कति सफा र राम्रा राइटिङ। फिगर पनि एकदम निट एण्ड क्लिन। केटीहरू साह्रै मिहिनेती हुनि।
पुष्पाको फाइलले मलाई फेरि रेजिनाको याद दिलायो।
"के रेजिना पनि यस्तै मिहिनेती होली? उसले फाइल यस्तै मेनटेन गर्दि होलि नाइ? कि अझै राम्रो बनाउछे? कतै म जस्तै अल्छी त छैने?" यस्ता विविध प्रश्न मेरो मनमा उठ्न थाले।
त्यत्तिकैमा पुतलीसडक देखि उसंगै गरेको बस यात्रा सम्झे। "के मैले जस्तैै उसले नि मलाई सम्झिहोली ? के उसलाई मेरो बारेमा जान्ने अलि अलि इच्छा जाग्यो?" फस्ट इम्प्रेसन त ठिकै भए जस्तो लाग्छ। म सोचमग्न परे।
यत्तिकैमा ममि आईपुग्नु भयो।
"बाबु खाजा खाइस्?"
"अ ममि एकदम मिठो बनाउनु भाथ्यो। मेरो ममि त मास्टरसेफ नै हो नि" मलाई ममिको तारिफ गर्न र जिस्क्याउन साह्रै रमाइलो लाग्थ्यो।
"हाहा फटाहा, के चाहिए छ भन् सिधा सिधा।" ममि हाँस्दै सोध्नुभयो।
म प्राय त्यसै गर्थे। केहि कुरा चाहिदा लपक्कै पर्थे। आमाको मन न हो, छोरोले मागेपछि पुरा गर्दिन मन लाग्ने। नचाहिने माग भए कहिलेकाहि गाली पनि खान्थे। तर चाहिने माग सबै पुरा गर्दिनुभाको थियो।
आज मलाई रेजिना चाहिएको थियो। यो मेरो जायज माग हो कि हैन मलाई नै थाहा भएन। ममीलाई भन्न नि सकिन।
ममिको हात समाते अनि भने-"ममी हजुरको यस्तै माया चाहिएको छ सधैभरि।" म किन किन भावुक भए।
ममिले मेरो टाउको सुम्सुमाउनु भयो-"के भयो तँलाई आज? कलेजमा कसैले केही भन्यो?"
मेरो मुखको एक्सप्रेसनले ममिले पढिहाल्नु भएछ।
"हैन केही भा'छैन। बरु आज के खाने साझ?" कुरो मोडे।
"चिकेन ल्याएकी छु, त्यही रोस्ट बनाइदिउला।"
"वाउ"
चिकेन रोस्ट एकदम मनपर्ने हुनाले म एकदम खुसी भए।
"ल बाबु आफ्नो काम गर्, म किचेन तिर लाग्छु।" ममि किचेन जानुभयो।
म पनि पुष्पाको फाइल सार्न लागे।
खाना खाइवरि हाम्रो डेलि रुटिन थ्यो, डेडिसंग कुरा गर्ने भिडियो कलमा।
मेरो डेडि जापान हुनुहुन्थ्यो मेरो भविष्य बनाइदिन। मलाई र ममिलाई केहि कुराको कमि नहोस् भनेर। तर हामीलाई उहाँको नै कमि भै'राको थियो।
उहाँको बिदा नमिलेर यो बर्ष नि नआउनुने भएछ। म र ममि दुबै निराश भयौ। डेडिले हामीलाई सम्झाएर अफलाइन हुनुभयो। हामी नि आ-आफ्नो रुमतिर गयौ।
म काम सकेर बेडतिर गए र एकपटक फेरि फेसबुक चहारे। केहि फाइदा नभए पछि निदाउन तिर लागे।
गाडिभरिको एक एक घटना माइन्डमा रिप्ले गरे।
अनि एकैछिनमा निदाए।
"ल बाबु आफ्नो काम गर्, म किचेन तिर लाग्छु।" ममि किचेन जानुभयो।
म पनि पुष्पाको फाइल सार्न लागे।
खाना खाइवरि हाम्रो डेलि रुटिन थ्यो, डेडिसंग कुरा गर्ने भिडियो कलमा।
मेरो डेडि जापान हुनुहुन्थ्यो मेरो भविष्य बनाइदिन। मलाई र ममिलाई केहि कुराको कमि नहोस् भनेर। तर हामीलाई उहाँको नै कमि भै'राको थियो।
उहाँको बिदा नमिलेर यो बर्ष नि नआउनुने भएछ। म र ममि दुबै निराश भयौ। डेडिले हामीलाई सम्झाएर अफलाइन हुनुभयो। हामी नि आ-आफ्नो रुमतिर गयौ।
म काम सकेर बेडतिर गए र एकपटक फेरि फेसबुक चहारे। केहि फाइदा नभए पछि निदाउन तिर लागे।
गाडिभरिको एक एक घटना माइन्डमा रिप्ले गरे।
अनि एकैछिनमा निदाए।
Thursday, February 7, 2019
Valentine's special [Part 2]
कति मिठो नाम राखिदिएका सासु ससुराले भन्नु मन थियो तर सकिन।
स्वाभाविक एन्सर दिए-"ए"।
रेजिना भन्दा उसका सेता दातका लहरहरू टल्किरहेको थिए जसरी हिमालमा हिउ टल्किन्छ।
ऊ मलाई झन् राम्री लाग्यो। पहिले भन्दा पनि धेरै।
उसले हातबाट फन्डामेन्टलस अफ केमेस्ट्रीको किताब ब्यागमा राख्न थाली। यहिबेला नेपाल यातायात आईहाल्यो। हत्तपत्त ब्याग खोल्दा उसको हातको ग्रिप छुट्टियो र किताब भुइँमा खस्यो। मैले सहयोगको भावनाले टिपिदिए। किताब ब्यागमा राखी।
"घर पुगेर राख्नुपर्र्थ्यो नि ब्यागमा।" मैले मजाक गरे।
"हाहा।" उ हासी।
हामी दुवैजना नेपाल यातायात चढ्न लाग्यौँ।
"हैन त?" मैले फेरि बोल्न खोजे।
"अर्को सेक्सनको साथीले लग्याथ्यो गेटमा भेटेर दियो, त्यसैले।"
सरल उत्तर दिई मेरो मजाकको।
कलेज टाइम र अफिस टाइम बिदा हुने बेला नेपाल यतायत चढिनसक्नु हुन्छ।
हामी मान्छे हो कि गुन्द्रुक हो, छुट्याउन नसकिने गरि खाद्छन्।
"अलि पर पर सर्नुस्" सह-चालक कराइराथ्यो। एकजना उभिरहेको मान्छे बोल्यो-" यहाँ भन्दा पनि पर कहा सर्ने हो र?"
यो भनाभन लगभग सँधै जसो हुन्थ्यो।
हामी सकेजति भित्र पस्यौ।
नक्साल पुगेपछि मेरो नजिकैको एउटा सीट खाली भयो। मैले छिटोछिटो ब्याग राखी सीट प्याक गरे। केटो भएर बस्न मन लागेन। उसलाई बस्न दिए। अनि आफ्नो ब्याग झिके।
"मैले पकडिदिन्छु नि ब्याग" उसले प्रस्ताव राखी।
त्यो प्रस्ताव मलाई निकै प्यारो लाग्यो।
एकैपटकमा "हस्" भन्न सकिन अनि "गाह्रो हुन्छ नि तिमीलाई।" भने।
"हुँदैन" भन्दै मेरो हातबाट ब्याग झिकी र पकडि।
उसको त्यो दयालू मनले मलाई निकै खुसी पार्यो।
"थ्याङक यू, गाह्रो भयो भने देउ ल"। मैले चिफ्लो घसे।
यसपटक केहि नबोली, सानो स्माइल दिई।
अर्को स्टेसनमा फेरि मान्छे थपिए। सह-चालकको पुरानो र फेवरेट डाइलग सुरु भयो-" पर पर ..."
म रेजिना भन्दा अलि पछाडि धकेलिए। तर पनि म खुसी नै थिए किनकि म न सहि मेरो ब्याग त छ उसको साथमा।
सह-चालकले भाडा तयार पार्नुस् भन्यो।
आज दुवैको भाडा तिर्ने मनसायले १०-१० को दुईटा नोट ठिक्क बनए।
गाडीमा हिँडिरहदा चाहिन्छ भनेर चेन्ज पैसा छुट्टाएर राख्ने गरेको थिए।
तर मलाई भन्दा पहिला रेजिना संग भाडा मागियो।
उसले १०००को नोट दिई।
"चेन्ज छैन।"? सह-चालक च्याट्ठियो।
"नाई" भन्दै टाउको हल्लाई ।
"चेन्ज त राख्नुपर्छ नि दिदी"। ऊ फेरि बोल्यो।
ऊ आफै अङ्कल जस्तो छ,त्यस्ती कलिली रेजिनालाई दिदी रे। म भुनभुनाए। तर ठिकै छ, दिदी भनेपछि अरु नजरले हेरेन।
उसको कुरामा रेजिना केही बोलिन।
मैले -"लिनुस् २० रूपे, उसको १०००को नोट फर्काईदिनुस्" भने।
ऊ मेरो कुरामा मञ्जुर भयो। रेजिनाले पछाडि फर्केर पुलुक्क मेरो मुख हेरी।
मैले फेसियल एक्सप्रेसनबाट, इट्स ओके टाइपको रियाक्सन दिए।
तर खै किन, नचिनेको मान्छेले पैसा तिरिदियो भनेर होला, लामो हात गराई, अघिको हजारको नोट मलाई दिइ।
यसपटक म जोडले हासे।
"ए बाबा, १० रूपेको लागि म १०००को नोट लिनु?"
"यो लिएर फर्काइदिदा हुन्छ।" उसको जबाफले झनै मुरी मुरी हसायो।
"सह-चालकसंग नभाको चेन्ज मसंग कसरी होस्।"
उ मौन रूपले मलाई हेरिरही।
सय पचासको कुरो भए त मसँग चेन्ज हुन्थ्यो, १००० भन्या अलि ठुलो रकम भयो, चेन्ज थिएन र भएको भएनि म लिन्नथे।
म सायद उसको लागि नया हुदो हु तर मेरा लागि ऊ मनको रानी भै'सकेकी थिई, बर्सौ बर्षदेखि चिनेजस्तो।
उसको मौनतालाई चिर्दै र उसको असहजपन हटाउन, भने- "अर्को दिन तिमीले तिरिदिनु मेरो, भएन?"
"ओके" भन्दै स्माइल दिएर अगाडि फर्किई। उसको स्माइल देखेर म पनि स्माइल गरिदिए।
वालुवाटार पुगेपछि उसको साइडको मान्छे ओर्लियो।
म उसंग बस्न गए। ऊ पर सरि, झ्यालतिर। मैले ब्याग मागे।
आफूलाई निकै भाग्यमानि मानिरहेको थिए। त्यसैबेला एक जना वरृद्ध आइरहेको देखे। उसंगै बस्ने रहरलाई मारेर म उहाँलाई सीट दिनु उभिए र भने- बुबा बस्नुहोस्।
उसले फेरि ब्यागको कुरा गरि। यसपटक मैले मानिन।
ऊ तिरै फर्केर उभिरहे।
"टिचिङ झर्ने अघि अघि आउनुस्"। सह-चालकको आबाज आयो। मन एकाएक खिन्न भयो। आज मलाई नेपाल यातायातले मेरो गन्तव्य धेरै छिटो ल्याइदिए जस्तो लाग्यो। तर के गर्नु? झर्नुपर्ने बाध्यता।
मन नलाई नलाई उसलाई बाई भने। उसले नि हात हल्लाएर रेस्पोन्स दिई। म आगाडि गए। मेरो स्टेसन आयो। म ओर्लिए।
अरु प्यासेन्जर पनि झरेपछि, गाडी हुइकियो। आँखाबाट विलिन नहुन्जेल गाडीलाई हेरिरहे अनि घरतर्फ लागे।
Valentine's Special [Part 1]
कलेज देखि घर आईपुग्न २० मिनटको बाटोलाई १ घन्टा लाग्ने। कहिलेकाहीँ त लाग्थ्यो हिडेर नै गैईदिइयु। जसै १ घन्टा लाग्ने भएसि फोकटको १० रूपे किन दिनु नेपाल यातायातलाई ?
तर त्यसो गर्न फेरि मलाई रोक्थ्यो, कसैको आगमनले।
ट्रिनिटि कलेजबाट महारन्जगन्ज जान नेपाल यातायात कुर्थे म सँधै। त्यसैबेला एनआईसी अनि के.एम.सी को ड्रेस लगाएका कति स्टुडेन्टहरु पनि म जस्तै कुरिरहेका हुन्थे। कहिलेकाही टाइम्स लगायत अन्य कलेजका स्टुडेन्टस् पनि देख्ने गरेको थिए।
किन एकैपटक बिदा भाको होला भनेर झर्को लाग्थ्यो टाइम टाइममा। फेरी मेरो झर्को एकैछिनमा गायब पनि भै'हाल्थ्यो किनकी त्यो भीडको कोहिले मेरो मनमा भुकम्प ल्याउने गर्थ्यो।
गोरो वर्ण, हल्का खैरो कपाल, कालो आखा, स्माइली ओठ, देख्दै उज्याली उसले भीडबाट हटाएर मेरो ध्यान आफूतिर केन्द्रीत गर्थी। नाम नै त थाह भएन तर उसको कलेज ड्रेसले अनि टाइमा भएको लोगोले के.एम.सी को स्टुडेन्ट रहिछ भनेर ठम्याउन कति नि बेर लागेको थिएन।
कसरी पत्ता लगाउ उसको नाम? बसभरि उसलाई नियाल्दै सोचविचार गर्थे। मेरो प्रयत्न धेरै पटक खेर गयो। सोधौ नि कसरि? ऊ आफ्ना साथीहरूसँग हुन्थी। म एक्लै थिए। घर जाने कोही चिनेको मिल्ने साथी भएनि नाम सोद्धिन भन्न हुन्थ्यो। कलेजका केटाहरूको याद आउँथ्यो। केटाहरूसँग यस विषयमा कुरा चै गरेको थिएन। एलिसाले पर्पोज रिजेक्ट गरेपछि हरेक कुराको मजाक बनाउदै जिस्क्याउन थाल्या थिए। यसपटक मलाई मजाकको पात्र बन्नु थिएन।
जसोतसो नाम चै थाह पाउन मन थ्यो, त्यो के.एम.सी वालीको।
एकदिनको कुरा हो गाडी कुर्दै गर्दा ऊ पनि आइरहेकी देखे। म उसलाई टाढैदेखि चिने। सधै गाडि कुर्दा झर्को लाग्ने मलाई आज एकैछिन गाडी नआएनि हुन्थ्यो जस्तो लाग्यो। नेपाल यातायातले मेरै कुरा सुनेर ढिला गरेजस्तो भान भयो। म फुरूक्क थिए। संयोगवस आज ऊ पनि एक्ली थिई। कहा गए उसका साथीहरू? अलि अलि कौतुहलता जाग्यो। फेरि," ह्या हिरोइन अगाडि छदा छदै साइड हिरोइन किन खोज्नु" मनमनै भने।
मैले यति सोच्दा सोच्दै ऊ आइपुगी, मेरै नजिक, मेरा लागि नभई नेपाल यातायातका लागि। बोल्न एकदम आत्तिएको थिए तर हिम्ममत जुटेन। फेरि सोचे, "आज मौका गुमाइस् भने तेरो काम छैन एलेक्स।"
बडो हिम्मत जुटाएर सोधे-" तिमी कहा झर्ने?"
अप्ठ्यारो मानेर उत्तर दिई- "चक्रपथ " ।
असको अप्ठ्यारोपन देखेर म आफै असहज महसुस गरे। अनि एक्कासि सम्झिए मलाई ऊ झर्ने ठाउँ भन्दा जरुरी थियो उसको नाम जान्न।
"ठैट लाटा कुरा गर्नै जानिनस्" भित्रभित्रै भने।
कताबाट के जुक्ति लागेछ कुन्नि, आफै "कति नआको आज यो गाडी?" भन्न पुगेछु। यसपटक नर्मल जबाफ दिई-"मम् भन्या कस्तो झुर्।" उसको यो पटकको जबाफले ढिलै नगरी सोधे-" तिम्रो नाम के हो?" हल्का स्माइलका साथ भनी-"रेजिना" ।
Subscribe to:
Posts (Atom)







