Wednesday, February 13, 2019

Valentine's special [Part-7]


भोलिपल्ट उठ्दा ७ बजिसकेछ। उठ्नि बित्तिकै फेसबुक खोले। रेजिनाको म्यासेज आ'को रै'छ।
"सरी ल एलेक्स, हिजो नेट साह्रै डिस्टर्व थियो।"
यो मेसेज देखेपछि मन शान्त भयो।
रिप्लाई गरिहाले-"इट्स ओके डियर😊"
सेन्ड गर्नी बेलामा डियर डिलिट गरेर "इट्स ओके😊" मात्र पठाए।

म खुसी हुँदै कलेज गए। केटाहरूलाई रेजिना'वाला कुरा सब सुनाए। हिमान्सु र समिर आजसम्म केही नभनेको भनि रिसाए।  रिदमले "ल यार पार्टी" भन्यो।
रिक्वेस्ट पो एक्सेप्ट भा'को पर्पोजल हो त भनि टारे।
केटाहरू पर्पोजल एक्सेप्ट भए ग्रान्ड पार्टीको माग राखे। मैले उनीहरुको कुरामा सहमति जनाए।

घर जादा हाम्रो प्रायजसो भेट हुन्थ्यो। साझ रेजिनालाई म्यासेज गर्थे। के के भन्छु भन्यो लास्टमा साथीले गर्ने जस्तै  म्यासेज गर्थे।
उसले मेरो बारेमा के सोच्दिहोली?कतै  मलाई नि भित्र भित्रै मनपराउछे कि जस्तो नि लाग्थ्यो। तर यो कुरा उसलाई नसोधी थाह हुन्न्थ्यो। सोध्न म सक्दिनथे। फेरि कुरा बिग्रिहाल्छ कि भन्ने डरले।
एकपटक -"रेजिना तिमी कस्तो राम्री छौ है?" भने।
के नै भन्ली र भनि रिप्लाई कुरेको त उसले -"तिमी पनि क्या ह्याण्डसम छौ।" भन्दिई। क्याजुअल एन्सर दिइकी होकि, साच्चै मन पराएर हो चै बुझिन, मक्ख चै एकदम परे। क्रस बोल्दा मात्र त कति खुसी लाग्छ, यहा मलाई त ह्याण्डसम  नै बनाएकी थिई, मक्ख नपर्ने कुरै भएन।
त्यसपछि अलि बढी कुरा गर्न थाले, उसको तारिफमा।
कहिलेकाही पुनम र दिव्या संग नि बोल्थे।
हामी तीनजना एकदम राम्रो साथी बन्यौ।
दिनभर कलेज गयो, आउने बेलामा गाडीमा गफ हान्यो, साझ फेसबुकमा।
दिनचर्या राम्रै चलेको थियो।
फेरि एक्जाम आइहाल्यो। एक्जाम पछि दशै बिदा थियो। मतलब रेजिना संग अब लामो समय भेट नहुने।
फोन नम्बर पनि थिएन मसँग।
एकदिन उसलाई म्यासेज पठाए, "अब त हाम्रो भेट हुन्न होला है?"
ऊ-"ल किन नहुने?"
म-"एक्जाम पछि दशै बिदा छ त?"
ऊ-"तिमी भ्याली बाहिर जान्छौ र?"
म-" जान्न"।
ऊ-"त्यसोभए भेटुम्ला नि त, दिव्या, पुनम नि यहि हुन्छन्।"

हैन भेटुम्ला पो भन्छे। केटी त फर्वार्ड रै'छे। म त्यसै डराएर केही नभन्ने जस्तो लाग्यो। तर फेरि सोचे, राम्रो साथी नभए लाइफ पार्टनर कसरी हुन्छ? त्यसैले मलाई   पहिला उसको राम्रो मन मिल्ने साथी बन्न मन लाग्यो।

एक्जाम आएपछि अलि कम कुरा हुन थाल्यो। उनीहरूको नि एक्जाम चलिरा हुन्थ्यो। टाइम लगभग १ घन्टा फरकमा। एक्जाम ताका भेट नै भएन। फेसबुकमा चाही एक्जामको बारेमा  सोधिराख्थे।

एकजाम सकियो। भ्याकेसन सुरु भयो। अब हाम्रो घर जादा भेट्ने रुटिन चेन्ज भएर फेसबुकमा बोल्ने रूटिन मात्रै भयो।

घटस्थापनाको दिन साँझ कुरा गर्दा रेजिनाले-"भोलि दिव्याको बर्थ डे हो, के गिफ्ट दिने?" भनि सोधी।
मैले एकैछिन विचार गरेर" सेलिब्रेट गरौन हामी मिलेर" भने।
ऊ-"उसको घरमा नै छ सेलिब्रेसन त।"
म-"के भो त, दिउँसो तिर हामी गर्ने साझ घरमा।
दिव्यालाई एलेक्स आउदै छ भनेर नभन, यत्तिकै कामको बहानामा बोलाउ अनि सर्प्राइज दिउला।"
उसले मेरो कुरामा सहमति जनाई।

आफ्नो कुरालाई इडिट गरेर फेरि म्यासेज पठाए-
"पुनमलाई आउन भन  दिव्यालाई लिएर , तिमी र म पर्पिरेसन गरुम्ला हस्?"
ऊ-"हस्।"
उसको मञ्जुरी पछि मेरो कन्फिडेन्स लेभल बढ्यो र फोन नम्बर मागिहाले।
उसले दिई र मेरो नि मागी।
ढिलै भएनि कुरा अघि बढिराथ्यो। मलाई नि राजिना राम्रो मान्छे भन्ने लागिराथ्यो। अब साथी सम्मको राम्रो हो कि, अझै बढि भन्ने जान्न बाकी रह्यो।

अर्को दिन हाम्रो प्लान अनुसार खाना खाएर म निस्किन लागे। निस्किने लगत्तै रेजिनाको फोन आयो।
"एलेक्स सुनन, म अलि लेट हुने भए।"
म-"ल किन नि।"
ऊ-"हेरन भर्खर रिलेटिभ्स आउनुभा'छ, निस्किनु अलि अप्ठेरो भो, म सकेसम्म छिटो आउछु। तिमी जादै गर न हस्?"
" न हस्, एक्लै त म नजाने" मैले निरास तालमा भने।
"सरि के, प्लीज जादै गर न, केक म्यानेज गर, अरु म आएपछि गर्ने।" उसले फकाई।
म फकिइहाले।
"ल ल छिटो आउनु, म गए" भनि फोन राखे।

३६५ दिन हुन्छ वर्षमा, ती रिलेटिभ्सलाई नि आजै आउनु पर्ने भन्दै रिसाउदै म बानेश्वर तिर लागे। झन् रेजिना संग गफ गर्दै जाने भनेको मेरो विस्'मा पानी खनियो।

बानेश्वर झरेपछि, एउटा बेकरी सपमा गएर रेडिमेट ब्लाक फरेस्ट केक अर्डर गरे"ह्याप्पी बर्थ डे बट्टे" लेख्नु भनि। दिव्यालाई उसका साथीहरू जिस्क्याएर बट्टे भन्दा रै'छन कलेजमा। म नि रमाइलो गराउन त्यसै गरे।
केक तयार भै'सकेपछि, एउटा  क्याफेमा गए। रेजिनाले म आउदै छु भनेर म्यासेज पठाई। क्याफेको लोकेसन दिई उसलाई कुरिरहे। बर्थ'डे  सेलिब्रेसनको अनुमति लिएर म टेबलमा गएर बसे।

लगभग आधा घन्टा पछि रेजिना आई। ह्वाइट सर्ट र ब्लाक जिन्समा कस्तो राम्री देखिएकी। म त एकैछिन हेर्या हेर्यै भए। ऊ म भए तिर आउन थाली। मुटु ढुकढुक गर्न थाल्यो। अलि अलि डर अनि धेरै खुसी लागिराथ्यो। जसो तसो फेसमा केही एक्सप्रेस नहोस् भनि ख्याल गरिरहे।

ऊ नजिकै आएर-"आइ एम सो सरि एलेक्स! धेरै बेर त कुराइ न नि?" भनि।
म स्याड भए जस्तो नाटक गरे-"दिव्या र पुनम संगै आ'को भए भै'हाल्थ्यो नि।"
"सरि सरि सरि ...बुझ न, मेरो कन्डिसन। घरमा आ'को गेस्टलाई कसरी इग्नोर गर्नु?"
धेरै पटक भनिएको सरिले म अलि बेर रिसाए जस्तो गर्न नि सकिन।
हाँस्दै भने-"हा हा, इट्स ओके।"

उसले डेकोरेसनका सामान ल्याकि रै'छ। साथमा गिफ्ट पनि।
म-"गिफ्ट कहिले किन्यौ, हेरम् न।
ऊ-"प्याक गर्या गिफ्ट नि कहा हेर्न उल्लु! हिजो किन्या नि"।
म-"हेर्न मन लाग्यो नि त मलाई।"
ऊ-"ल फोटो हेर त्यसोभए।"
उसले फोन झिकेर प्याक नभएको गिफ्ट देखाई।

एउटा बास्केटमा बसेका २टा सा-साना टेड्डि  कपल रै'छन्। त्यसमा भएको ब्वाई टेड्डि म र गर्ल टेड्डि ऊ जस्तो लाग्यो।
"कस्तो छ  गिफ्ट?" उसले मेरो ओपिनियन खोजी।
"तिमी जस्तै राम्रो र स्वीट " उसकै तारिफमा भन्दिए।
मुसुक्क हाँसी । उहि उसको  किलर स्माइल जसमा म भुतुक्कै हुन्थे।

राजिनाले पुनमसंग दिव्यालाई लिएर आइहाल्न भनि। हामीले छिटो छिटो टेवल डेकोरेट गर्यौ। कामको बहानामै भएनि  उसंग टाइम स्पेन्ड  गर्न पाउदा मन निकै रमाइरहेको थियो। उसंग हुदाको पल लाग्थ्यो, समय यहि रोकियोस् र हामी सधै सधै एक अर्काको आँखा अगाडि भै'रहौ।

साँच्ची माया भन्ने कुरा कस्तो अनौठो। उसलाई हेरिराख्छु अनि उसले हेर्ने बित्तिकै नजर लुकाउँछु।  रात दिन  उसकै बारेमा सोचिरा हुन्छु तर ऊ अगाडि हुदा बोल्नै डराउछु। बरु ऊ नै  बोल्थी म भन्दा धेरै। त्यत्रो बेर ऊ मसंग एक्लै हुँदा नि कन्फेसन गर्न सकिन।

लगभग साढे एक बजे तिर पुनम र दिव्या आए। दिव्यालाई देख्ने बित्तिकै हामी ह्याप्पी बर्थ'डे टु यु भन्न थाल्यौ। दिव्यालाई थाह नै रै'नछ हाम्रो प्लानको बारेमा। पुनमले "क्लासका पिकनिक जाने कुरा भा'छ भ्यालीमा भा'काहरू, त्यही बारे डिस्कस गर्न जानुपर्ने छ।" भनि ल्याकी रै'छे। 

"ल! रेजिना  त बिरामी  भन्थी पुनमले।" दिव्या छक्क पर्दै भनि।
"यो हाम्रो प्लान हो मिस बट्टे।" भन्दै मैले उसलाई बर्थ' डे क्याप लगाइदाए।
रेजिनाले क्यान्डल ठिक पारेर बाल्दिई।
पुनमले बर्थ'डे स्प्रे छरिदिई।
हामी ह्याप्पी बर्थ'डे टु यु भन्दै विस्' गरि'रह्यौ।
केक काट्ने कार्यक्रम भयो। अनि खाजा खाउ न भनेर खाजा अर्डर गर्यौ, चिकेन ललिपप, पिज्जा, बिर्यानी र म:म।

दिव्यालाई सर्प्राइज कस्तो लाग्यो भनेर सोधे।
"टोटल्ली अन एक्सपेक्टेड , थ्याङक यु  भेरि मच' उ मक्ख परी ।

हामी गफ गर्दै थियौँ।
एकैछिनमा हाम्रो अर्डर आयो।
मलाई चिकेन ललिपप एकदम मनपर्ने हुनाले त्यहि देखि सुरू गरे।
दिव्यालाई नि त्यही मन पर्ने रै'छ।
"साली भेनाको जोडि जम्ने रै'छ " मनमनै जिस्के।
हामी सबै सेयर गरेर खान थाल्यौ।
विर्यानी रेजिनाले  छुदै छोइन। उसले नखाएको देखेर म नि विर्यानी खान छोडे। अनि उसलाई  साथ दिदै म:म खाए।
खान सकियो, अनि निस्किने बेलामा हामी सबैले फेरि विस् गरि गिफ्ट दियौ।
अनि हामी आ-आफ्नो घर लाग्यौ।

घर पुग्ने बित्तिकै फेसबुकमा अफलाइन  म्यासेज पठाए रेजिनालाई।
"कस्तो रमाइलो भयो है आज।"
 २० मिनट पछि अनलाइन आई।
"मम्, साह्रै, तिमीले गर्दा कस्तो राम्रो सर्प्राइज भयो।"
हामी १ घन्टा जति च्याट गरारह्यौ।
उसले अब दिव्याकोमा जान्छु, पछि कुरा गरुम्ला भनेर अफलाइन भई।
म नि आएपछि म्यासेज गर ल भनेर अफलाइन भई टिभी हेर्न थाले।

बिदा ताका हामी निकै नै  क्लोज भयौ। म उसको बारेमा धेरै जानिसकेको थिए। रूप मात्र हैन व्यवहार नि असाध्यै राम्रो थियो।
उसको मायालु स्वाभावले दिन प्रति दिन मलाई  ऊ तिर खिचि रहेको थियो।
दशैको बिदा सकिएर कलेज लाग्यो अनि हाम्रो कलेजवाला रूटिन सुरू भयो।
केटाहरू रेजिनालाई भाउजु भनेर सम्बोधन गर्थे। भेटाउन माग राखेका थिए। म अफिसियल भएसी भेटाउने भन्दै कुराइराको थिए।

यस्तै गर्दै दिनचर्या बितिरहेको थियो।
दिनभर कलेज, बिदा भए पछि नेपाल यातायात साझ फेसबुक।

फोनमा हामी बोल्दैनथ्यौ। कारण म गर्न सक्दिनथे, उसले गर्दिनथी। फोन नम्बर,  कन्ट्याकट्स मात्रै सिमीत भयो। दिव्याको बर्थ'डे पछि कल लगमा आउन सकेन।

एकदिन मलाई साह्रै सतायो उसको मायाले। फोन गर्छु भनि नम्बर डायल गरे, तर आफैलाई रोकेर म्यासेज बक्समा गए।
म्यासेजमा उसलाई सुरुमा देख्दा, उसको नाम पत्ता लगाउने प्रयास, फेसबुकको खोजाई, ऊ प्रतिको फिलिङस् सब लेखेर पठाए।
म्यासेज सेन्डिङ फेल भयो।  लामो भएर।

त्यही म्यासेज कपि गरेर फेसबुकमा पठाए।
कति बेला ऊ अनलाइन आउछे र रिप्लाई गर्छे भन्दै कुरे।

धेरै बेरमा अनलाइन आई ।  मुटु ढुकढुक गर्न थल्यो।

सीन भा'को उत्तिखेरै रिप्लाई गरि"कति लामो म्यासेज पठाको के?"
"प्लीज पढ न।" विनम्रताका साथ भने।

उसको रिप्लाई कुरिरहे, कुरिरहे। रिप्लाई नै गरिने।

हेलो, कता हरायौ भन्दै ५-६ पटक फेरि म्यासेज पठाए।

बल्ल बल्ल रिप्लाई आयो।

"कति मिहिनेत गरेछौ त?"
"तिम्रो लागि।" सिम्पल जबाफ दिए।
"अनि घुमाएर भप्नै पर्थेन नि, सिधा सिधा आई लभ यु भन्या भै'हाल्थ्यो नि।"
उसको म्यासेज मैले बुझिरा' थिएन, पोजिटिभ सेन्स हो कि हैन  भन्ने ।
"भन्न खोज्या बुझिहाल्यौ, रिप्लाई गर न अब" भने।
"के रिप्लाई दिन्छु जस्तो लाग्छ?" प्रश्न प्रति प्रश्न गरि।
"के दिन्छौ थाह छैन तर पोजिटिभ  होप राखेको छु।"
ऊ-"हा हा, तिमीले जस्तरी भन्न त आउन्न्। "
म-"तिम्रो स्टाइलमा भन न"
ऊ-"लभ यु टु एलेक्स"

लभ यु टु एलेक्स, मतलब ऊ पनि मलाई माया गर्छे। मेरो हर्षको सीमा नै रहेन।
महिनौ'देखीको लामो प्रयासले आज कामायावी हासिल गर्‍यो। मेरो उजाड जिवनलाई रङ्गिन बनाइदियो। उसँगका प्रतेक मिनेट किम्ती बनाइदियो र सब्भन्दा बढी मेरो जिवनमा माया थपिदियो ।

त्यो रात निकै अबेर सम्म हामी फेसबुकमा झुन्डिरह्यौ।  उसले नि म पहिले देखि नै अलि अलि मन परिरा'को कुरा सेयर गरि। म वृतान्त रुपमा सबै कुरा फेरि सुनाए।
रमाइलो रमाइलो गफ गर्दा रातको २ बजिसकेछ। अरु कुरा पछि गर्ने भनेर हामी अफलाइन भयौ।

यसरी मेरो माया सफल हुन पुग्यो। लाइफले मलाई निकै प्यारो गिफ्ट दिएको थियो-रेजिना जसलाई म कुनै अवस्थामा पनि टाढा पुर्याउन नसक्ने भा'को थिए। प्रेमिल मेरो मन यसैमा रमाइरह्यो। उसंगका बितेका हरेक पुराना पलहरू , बसका यात्राहरु, म्यासेजहरू सम्झिदै म निदाउन तिर लागे ।

No comments:

Post a Comment