Thursday, February 14, 2019

सम्झनामा अस्मिता

हरिया ती डाँडाकाँडाको बीचमा, थ्यो मेरो सहर जहा म जन्मे हुर्के र यहाँ सम्म आइपुगे।
लाग्छन् मिठा ती यादहरु जसले मेरो बाल्यकाललाई अमुल्य बनाइदिए।

मिठा मिठा ती पलहरू म बिर्सु पनि कसरी? 
सम्झनामा बल्झिरहेका तिम्रा तस्वीरहरु म मेटाउ पनि कसरी?
भो! अब सम्झिन्न।
भो अब सम्झिन्न, भन्दा भन्दै पनि मन मस्तिष्कमा छाउँछ्यौ तिमी।
के खास छ तिमीमा, बुझ्न सक्दिन म।
तै पनि हरपल हरदिन यादहरूमा घुमिरहन्छ्यौ तिमी।

भन त अस्मिता। के खास छ तिमीमा? के छ तिमीमा जस्को कारणले यो राजन  तिम्रै बारेमा सोचिरहन बाध्य हुन्छ?

के यो तिमीले मलाई सधार्नु प्रतिको श्रद्धा हो?
के यो  एउटा अमुल्य साथी प्रतिको भावना हो?
कि कतै  तिमी प्रतिको माया त हैन?

किन किन म बुझ्न सकिरहेको छैन।

ए अस्मिता! तिमी साह्रै प्यारी छौ।  तिमीसँग दिनरात फेसबुक भाइवरमा कुरा नगरेपनि मनसंग सधै तिम्रै बारेमा कुरा गर्छु।
कहिले कहिले त मटु पनि दिक्क मान्छ र भन्छ-"ए राजन, त प्रेममा परिस्। जा गएर भन। "

तर मुटुलाई म मनमानि गर्न दिन्न र थर्काउछु" ए मुटु तेरो काम ब्लड पम्प गर्ने हो, त्यही गरिराख्, धेरै जान्नी हुनु पर्याछैन"

तर मुटु पनि के कम, मान्दैन मेरो कुरा! झन्झन् दुखिदिन्छ। पिडामा पिडा थपिदिन्छ अनि मलम लगाइदिन्छन् तिम्रा ती सोसल साइटका तस्वीरहरूले।

फेसबुकको सर्च बक्समामा टाइप गर्छु "अस्मिता"।
फेसबुकले मेरो मनको कुरा बुझेर फस्टमै तिम्रो नाम देखाइदिन्छ।
हतार हतार फोटोजमा तिम्रा नया पुराना सबै तस्बिर हेर्छु।
नया तस्विरले मलम लगाइदिन्छन् पुराना तस्वीरले यादहरू ताजा गराइदिन्छन्।

तिमी म्याथ सिक्न आउँदा अरु सब्जेक्ट सिकाइदिने कुरा, मलाई पढाएको व्यर्थ नलागोस्  तिमीलाई भनेर खुरूखुरू पढ्ने कुरा, मेरो पढाइ सुध्रिएको कुरा, फेमिली एक्सपेक्टेसन बढेको कुरा  र त्यही स्वरुप आज एम्बी.बी.बी.एस्'मा नाम निकाली पढ्न लागेको कुरा सम्झिदा लाग्छ तिमी एन्जल बनेर आयौ मेरो जिन्दगीमा।

कति सजिलै भन्छन् केटाहरू-"केटीले गर्दा मेरो पढाइ बिग्रियो।"
उनीहरूको कुरा सुनेर मनमनै भन्छु-'ए मूर्ख केटा हो! सबै केटीले गर्दा कहा पढाइ बिग्रिन्छ र? मलाई हेर्औ न! म छु त तिमीहरूकै अगाडि एउटा जलन्त उदाहरण। जसलाई तिमीहरू राजन भनेर साथी मान्छौ त्यो यसै यहा सम्म आइपुगेको थिएन। एउटा एन्जलको ठूलो हात छ उसलाई यहा सम्म पुर्याउने, जो एक नारी हो-मेरी अस्मिता!"

यस्तै कल्पनामा डुब्डा डुब्दै मेरो रूम पार्टनर आयो। उसले गीत बजाइरहेको थियो-"आहै! मिठो तिम्रो मुस्कानैमा, माया तिम्रो मुहारैमै, मन मेरो उड्यो है कहा कहा......"

अनि म पनि आफ्नो सुरबाट निस्केर अस्मितालाई मनमा राखी उसको गीतमा रमाउन थाले।








No comments:

Post a Comment