Thursday, February 7, 2019

Valentine's Special [Part 1]


काठमाडौं सहर, व्यस्त सहर या भनौ अव्यवस्थित सहर।
कलेज देखि घर आईपुग्न २० मिनटको बाटोलाई १ घन्टा लाग्ने। कहिलेकाहीँ त लाग्थ्यो हिडेर नै गैईदिइयु। जसै १ घन्टा लाग्ने भएसि फोकटको १० रूपे किन दिनु नेपाल यातायातलाई ?
तर त्यसो गर्न फेरि मलाई रोक्थ्यो, कसैको आगमनले।

ट्रिनिटि कलेजबाट महारन्जगन्ज जान नेपाल यातायात कुर्थे म सँधै। त्यसैबेला एनआईसी अनि के.एम.सी को ड्रेस लगाएका कति स्टुडेन्टहरु  पनि म जस्तै कुरिरहेका हुन्थे। कहिलेकाही टाइम्स लगायत अन्य कलेजका स्टुडेन्टस् पनि देख्ने गरेको थिए। 
किन एकैपटक बिदा भाको होला भनेर झर्को लाग्थ्यो टाइम टाइममा। फेरी मेरो झर्को एकैछिनमा गायब पनि भै'हाल्थ्यो किनकी त्यो भीडको कोहिले मेरो मनमा भुकम्प ल्याउने गर्थ्यो।

गोरो वर्ण, हल्का खैरो कपाल, कालो आखा, स्माइली ओठ, देख्दै उज्याली उसले भीडबाट हटाएर मेरो ध्यान आफूतिर  केन्द्रीत गर्थी। नाम नै त थाह भएन तर उसको कलेज ड्रेसले अनि टाइमा भएको लोगोले के.एम.सी को स्टुडेन्ट रहिछ भनेर ठम्याउन कति नि बेर लागेको थिएन।

कसरी पत्ता लगाउ उसको नाम? बसभरि उसलाई नियाल्दै सोचविचार गर्थे। मेरो प्रयत्न धेरै पटक खेर गयो। सोधौ नि कसरि? ऊ आफ्ना साथीहरूसँग हुन्थी। म एक्लै थिए। घर जाने कोही चिनेको मिल्ने साथी भएनि नाम सोद्धिन भन्न हुन्थ्यो। कलेजका केटाहरूको याद आउँथ्यो। केटाहरूसँग यस विषयमा कुरा चै गरेको थिएन। एलिसाले पर्पोज रिजेक्ट गरेपछि हरेक कुराको मजाक बनाउदै जिस्क्याउन थाल्या थिए। यसपटक मलाई मजाकको पात्र बन्नु थिएन।
जसोतसो  नाम चै थाह पाउन मन थ्यो, त्यो के.एम.सी वालीको।

एकदिनको कुरा हो गाडी कुर्दै गर्दा ऊ पनि आइरहेकी देखे। म उसलाई टाढैदेखि चिने। सधै गाडि कुर्दा झर्को लाग्ने मलाई आज एकैछिन गाडी नआएनि हुन्थ्यो जस्तो लाग्यो। नेपाल यातायातले मेरै कुरा सुनेर ढिला गरेजस्तो भान भयो। म फुरूक्क थिए।  संयोगवस आज ऊ पनि एक्ली थिई। कहा गए उसका साथीहरू?  अलि अलि कौतुहलता जाग्यो। फेरि," ह्या हिरोइन अगाडि छदा छदै साइड हिरोइन किन खोज्नु" मनमनै भने।
मैले यति सोच्दा सोच्दै ऊ आइपुगी, मेरै नजिक, मेरा लागि नभई नेपाल यातायातका लागि। बोल्न एकदम आत्तिएको थिए तर हिम्ममत जुटेन। फेरि सोचे, "आज मौका गुमाइस् भने तेरो काम छैन एलेक्स।"

बडो हिम्मत  जुटाएर सोधे-" तिमी कहा झर्ने?"
अप्ठ्यारो मानेर उत्तर दिई- "चक्रपथ " ।
असको अप्ठ्यारोपन देखेर म आफै असहज महसुस गरे। अनि एक्कासि सम्झिए मलाई ऊ झर्ने ठाउँ भन्दा जरुरी थियो उसको नाम जान्न।
"ठैट  लाटा कुरा गर्नै जानिनस्" भित्रभित्रै भने।

कताबाट के जुक्ति लागेछ कुन्नि, आफै "कति नआको आज  यो गाडी?" भन्न पुगेछु। यसपटक नर्मल जबाफ दिई-"मम् भन्या कस्तो झुर्।" उसको यो पटकको जबाफले ढिलै नगरी सोधे-" तिम्रो नाम के हो?" हल्का  स्माइलका साथ भनी-"रेजिना" ।

2 comments: