सजिलै पाएको सफलता त के सफलता हो र?
समयको अनेक चुनौतीलाई पार गरेर, दुख, पिडा, कष्ट बाट गुज्रेर हासिल गरिएको मिठो परिणाम हो - सफलता।
म हिड्दै छु। मलाई थाह छ, म लड्छु पनि। तर म उठ्छु र आफ्नो गन्तव्य तिर लागिपर्छु। यहि साहस र विश्वासका साथ निरन्तर रूपमा अघि बढ्दा पाइने फल हो - सफलता।
भनिन्छ, जुन चाहना सजिलो रूपमा आउछ, त्यो सजिलो रूपमै जान्छ पनि। तर यदि त्यसमा हाम्रो, दिनरातको मिहिनेत छ भने त्यो चाहना विरलै टाढिन सक्छ। हामी बाँच्छौ नै किन त? त्यहि चाहना त पुरा गर्नेलाई । हो, फरक मानिसको फरक चाहना हुन्छ र त्यसलाई पुरा गराउने दु:खको पाटो सायदै कसैलाई मन पर्ला। तर जसले त्यो पाटोलाई आत्मसाथ गर्छ उसलाई नै आफ्नो चाहनाको महत्व थाहा हुन्छ र पाएपछि त्यो चाहनाको मुल्य दु:ख भन्दा कयौ गुना माथि हुन्छ।

एउटा किंवदन्ती पनि छ, थर्न बर्डको बारेमा। थर्न बर्ड यस्तो चरा हो, जसले जिन्दगीभर केवल एक पटक गीत गाउँछ। त्यस्तो संगीत जुन संसारका अरू कुनै प्राणीको भन्दा सुमधुर हुन्छ। यो संगीतको स्वर निकाल्नु थर्न बर्डको चाहना हो। यही चाहना पुरा गर्न ऊ आफ्नो गुड छोड्छ र एउटा काडेदार रूखको खोजी गर्छ। जबसम्म उसले भेटाउन्न तबसम्म ऊ खोजिरहन्छ।
भेटाए पश्चात एउटा नुकिलो काडामा गएर गीत गाउन थाल्छ। जति जति काडाले उसलाई घोचेर पिडा दिन्छ, त्यति त्यति उसको कसिस बड्दै जान्छ अनि झन् झन् गीतमा मधुरता छाउदै जान्छ। यो संगीत स्वर्गका देवी देवता लगायत पुरा संसारले सुन्छन् र मुग्ध हुन्छन्। त्यसपछि बल्ल पुरा हुन्छ थर्न बर्डको चाहना। जुन केवल एउटा कुराको मुल्यले चुकाएको हुन्छ, त्यो हो- दु:ख।
No comments:
Post a Comment