बुटवलतर्फ लाग्दै थिए!
अब पब्लिक गाडी, ड्राइभर सङ हुने मेमोरिकार्डमा भएका गीतहरु बज्ने नै भए। मैले भने गाडीमा हिड्दा अल्छी नलागोस् भनेर आफुलाई मनपर्ने गीतहरु संगालेर फोनमा राखेकी थिए। गाडीमा बज्ने सबै गीत मन नै पर्छ्न् भन्ने त थिएन!
म सुन्दै थिए आफ्नै तालमा......
गाडिमा टि.भी रहेछ, एकैछिन पछि टि.भी खोलिएको थियो! एयरफोन कानमा लगाएकाले के बजेको थियो, सुनिन तर हेर्दा तीज गीत जस्तो लाग्यो! हरेक वर्ष नयाँ नयाँ तीज गीत आइरहन्छन् हामीसामु, कुनै राम्रा हुन्छन्, कुनै मन नपर्ने खालका पनि! कस्तो रहेछ त भनेर एयरफोन निकालेर सुन्न थाले।
गीतमा सासु बुहारीको गन्थन देखाइएको थियो। "गीतका रचयिताले कस्तो परिवेशलाई समावेश गरेछ्न्; बुहारी सासुमाथि कराएको," मैले मनमनै भने!
यस्ता प्रकारका गीत सुनेको पहिलोपटक त पक्कै थिएन। त्यो चित्रण देखेर म थाहै नपाई हास्न पुगेछु। साइडमा बसेको मान्छेले सोध्यो-"किन हासेको, गीत हेरेर हो?" मैले टाउको हल्लाएर "हो" भन्ने संकेत गरे। उसले फेरि अर्को प्रश्न गर्यो- "आईमाईहरुले नै हो है घर भाड्ने?" मलाई चित्त बुझेन, "हैन" मात्रै भने। मैले भनि नसक्दै उसले भन्यो-"आफू पनि त्यस्तै हुने होला, अहिले हैन रे" यसपटक म केही बोलिन! उसलाई जवाफ दिनु जरुरी लागेन। एयरफोन फेरि कानमै लगाएर आफ्नै तालमा व्यस्त भएजस्तो गरे। गीत सुन्न थाले। तर यसपटक मलाई उसको वाक्य खट्कियो। म सोचमग्न भए। के नारीले नै हो त घर भाड्ने? के घरमा आमा, हजुरआमा, ठुलीआमा, काकी, भाउजू आदिले नै घर भाडिरहेका छ्न् त? कसरी भन्यो उसले आईमाईले नै घर भाड्छन् भनेर? मैले देखेकी छु, एक नारी नभएको परिवार कस्तो लथालिङ्ग हुन्छ भनेर। के उसले देखेको थिएन? हुनसक्छ कोहि कोहि खराब निस्किएलान् तर के सबै त्यस्ता हुन्छ्न् त?
के उसले घर भाड्ने नारी मात्रै देखेको छ? बिग्रेको घर सम्हाल्ने नारी देखेको छैन? कतिको जायज छ त उसको प्रश्न "आईमाईले नै हो है घर भाड्ने?" अह म कदापि सहमत हुन सकिन, म एकैछिन सोचिरहे। फोनमा मलाई मन पर्ने गीत बज्न थाल्यो अनि मेरो ध्यान मोडियो।
No comments:
Post a Comment