Monday, July 31, 2017
[खट्टा मीठा]
बाटोमा हिड्दै गर्दा भाइले 'खट्टा मिठा' मिठाई किनेछ अनि मलाई पनि खान दियो।मिठाई खाएर कागज बाटोमा फाल्नै लागेकि थिए, अचानक पुनमलाई सम्झिए र मेरा औंला रोकिए।
पुनम मेरो क्लासमेट र रुममेट पनि! वातावरण सफा राख्नुपर्छ भन्ने थाह सबैलाई हुन्छ, तर त्यो सबैमा एक फरक व्यक्तित्व थिइन् "पुनम" जसले यो कुरा व्यवहारमा पनि उतार्ने गर्थिन्। आफ्नो रुम जस्तो भए पनि बाहिर वातावरण प्रति गहिरो लागाभ थियो उनको। बाटोमा सङै हिड्दा खाएको चकलेट होस् या चिप्स, कागज बाहिर फ्याँकेको कहिल्यै थाह छैन मलाई। बरु उल्टै मेरो चकलेटको कागज पनि राखिदिएर रुम आएर डस्ट्बिनमा फाल्ने गर्थिन्।"हामीहरुले नै हो चेन्ज ल्याउने; हामी नै आफुलाई सुधार्न सक्दैनौं भने कोसङ बाट अपेक्षा राख्ने त?" भन्थिन्। त्यस्तो "साथी"को रुम पार्ट्नर "म", कसरी एक खट्टा मिठाको कागज बाटोमा फाल्न सक्थे?
स्कुल पर्दा प्रदुषण र सरसफाईका बारेमा कति "Essay" त लेखेकी थिए मैले पनि जसमा छुटाउदै नछुटाउने एक वाक्य हुन्थ्यो "Public awareness is necessary to raise." What the hell, public awareness about which I used to write, when I myself can't be aware enough? What's the point of education when the litter thrown by educated person is picked up by an uneducated one? सडकमा आफुले फोहोर गर्नुहुन्न भन्ने थाह भएपनि व्यवहारमा लागू गर्न चाहि मैले पुनमबाट नै सिके।
यी कुराहरूले त्यो खट्टा मीठाको कागज मेरो हातबाट खस्न रोकियो। भाइलाई हेरे। उसले त फाल्न भ्याईसकेछ।। उसलाई पनि अबदेखि बाटोमा नफाल्नु भनेर सम्झाए। बाटोभरी "फोहोर मलाई"को डस्टबिन नहेरेको पनि हैन, तर भेटिन। त्यसपछि त्यो कागज घरमै लगेर डस्टबिनमा फ्याँके।
एकछिन गर्व लाग्यो पुनमको रुममेट हुनुमा।
सचेत नागरिक भएजस्तो लाग्यो। अनि अब कहिल्यै कागज, प्लास्टिक जस्तै अन्य वस्तु जथाभावी नफाल्ने निर्णय गरे।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment