Sunday, November 5, 2017

मोबाइल फोन

मोबाइल फोन! सुन्दा पनि साह्रै प्रिय लाग्ने वस्तु। अझै प्रविधिले थपिदिएको इन्टरनेटको सुबिधा! सुनमाथि सुगन्धको यो भन्दा राम्रो उदाहरण मलाई केही लाग्दैन आजकल।

बिहान उठ्न भन्दा पहिला फोन हेर्न मन लाग्छ। आँखा खोल्ने सजिलो उपाए- मोबाइल। एकैछिन काम गर्यो, थकाई लाग्छ; रेस्ट गर्नु पर्यो- मोबाईल! एक्जाममा पढ्दा पढ्दा बोर भयो, माईन्ड रिफर्रेस गर्नुपर्यो-मोबाइल। यसै बस्दा अल्छी लाग्छ, टाइम पास गर्न भरपर्दो माध्यम- मोबाइल। कहि घुमेर आयो, सबैभन्दा पहिला- मोबाइल। कोही टाढाको मान्छेसँग बोल्नु छ- मोबाइल। सुत्नु भन्दा पहिला- मोबाइल। 
के हजुर पनि त्यसै गर्नुहुन्छ? सायद प्राय जसो यसै गर्छन् रे, मैले सुनेको! 
कहिलेकहि लाग्छ मोबाइल बिना जिन्दगी असम्भव छ। हुन त पहिले चल्थयो रे। तर पहिले र अहिलेको परिस्थितिमा ठूलो फरक पनि त छ। त्यसैले अहिले मोबाइल बिना जिन्दगी चल्न अप्ठ्यारो छ। अप्ठ्यारो भन्दा पनि असम्भव छ; एकदम असम्भव।
 

No comments:

Post a Comment