सधै जस्तो आज फेरि राम्ररी ढोका लगाउन बिर्सेछु!
रुममेटहरु
देख्ने बित्तिकै कराउन थाले, मच्छ्यड छिराउने भैइस् भनेर। नकराउन् पनि किन,
पक्लिहवाको प्रचन्ड गर्मी, त्यस माथि मच्छ्यडको बिगबिगी, लाईन जाने समस्या
अनि झुल लगाएर बस्नै नसकिने अवस्था!
लुरुलुरु ढोका बन्द गरेर आए।
एकैछिन बिस्तारामा पल्टिए! पुनम पानी पिउनु पर्यो भनि बोतल खोज्न लागिन्।
बोतलमा पानी थिएन। कहिले पानी हुन्न रुममा भन्दै कराउन थालिन्! दिब्या पनि
थपिई! दुई जना मिलेर एकैछिन तहल्का मच्च्याए। अनि उनिहरुले बोतलमा चावी लगाएर राख्ने निर्णय गरे।
पुष्पा उनिहरुको कुराको खण्डन गर्न लागिन्। म चुपचाप गएर पानी भरेर ल्याए।
सानो बोतलमा पानी ल्यायौ भनेर पुनम ले भनिन्, यहि विषयमा दिब्या एक पटक
फेरि कराई म माथी। पुष्पाले पानी पनि ल्याउनु छ अझै कराउछन् भनिन्। बिनिता हाम्रो भनाभन सुनेर मुस्कुराउदै थिइन्। उनले थपिन्-"अनुषा तिमी सोझो भएर
यस्तो गरिराछन् यिनीहरु"। बिनिता र पुष्पाको साथ पाएपछी त म फुरुङ भए
अनि सामिल भए कराउनुमा। अनि हाम्रो गन्थन सकियो। त्यसपछी सबै आ-आफ्नो
कामतिर लाग्यौ।
हल्काफुल्का विषय पाउने बित्तिकै एकले
अर्कोलाई जिस्काउनु पर्ने, गाली गर्नुपर्ने हाम्रो चलन त
अनिवार्य नै थियो। यसै विवादबिच लुकेको छ हाम्रो माया,
हाम्रो साथ अनि हाम्रो मित्रता।